पल्सर रियालिटी सोको तेस्रो संस्करण सकियो

विजेता अमित श्रेष्ठले १० लाखका साथमा पल्सर एनएस र सामसुङ एस८+, उपविजेता पविन कार्कीले ५ लाखका साथमा पल्सर एनएस र सामसुङ एस८ प्राप्त गरेका थिए । तेस्रो विजेता बिबिदजङ्ग थापाले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए । अमित श्रेष्ठले सामसुङ अनइस्टपबल राइडर र गणेशमान श्रेष्ठले शिखर सेफ राइडरको ताज जितेका थिए ।

एचएच बजाजले सञ्चालन गरेको ‘बाइक रियालिटी सो’को तेस्रो संस्करण समापन भएको छ । बजाजले सामसुङसँगको सहकार्यमा बजाज पल्सर डेयर भेन्चरको सफलतालाई उत्सवका रुपमा मनाउन माघ १८ गते उक्त रियालिटी सो आयोजना गरेको थियो ।

उक्त अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप तथा मस्ट पपुलर राइडर अवार्ड विजेताहरु क्रमशः अमित श्रेष्ठ, पविन कार्की र बिबिदजङ्ग थापालाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरियो । सहभागीमध्ये विजेता अमित श्रेष्ठले १० लाखका साथमा पल्सर एनएस र सामसुङ एस८+, उपविजेता पविन कार्कीले ५ लाखका साथमा पल्सर एनएस र सामसुङ एस८ प्राप्त गरेका थिए । तेस्रो विजेता बिबिदजङ्ग थापाले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए । अमित श्रेष्ठले सामसुङ अनइस्टपबल राइडर र गणेशमान श्रेष्ठले शिखर सेफ राइडरको ताज जितेका थिए ।

‘हामीले सबै जोशिला पल्सर राइडरलाई मनाङको खाङ्गसारसम्मको साहसिक राइड अनुभव लिने अवसर दिएका थियौं’, कार्यक्रममा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘नेपालको इतिहासमै पहिलो र दोस्रो बाइक रियालिटी सो हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौँ । तेस्रोेले पनि हजारौं दर्शकको साथ र सहयोग प्राप्त गर्न सफल भयो ।’