गाडी र नम्बर प्लेटको चोरी रोक्ने नयाँ प्रविधि परीक्षणमा

अहिले परीक्षण भइरहेको एउट प्रविधि हो रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) स्टिकर जसलाई गाडीको अगाडिपट्टि सिसामा राख्ने गरिन्छ । यसले गाडीको तेस्रो नम्बरप्लेटको रुपमा काम गर्ने बताउँछन् अष्ट्रेलियास्थित ला ट्रोब विश्वविद्यालयका अनुसन्धानकर्ताहरु ।

एजेन्सी । अनुसन्धानकर्ताहरुले गाडीको चोरी तथा नम्बर प्लेटको दुरुपयोग रोक्ने एउटा प्रविधि परीक्षण गर्दैछन् ।

अहिले परीक्षण भइरहेको एउट प्रविधि हो रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) स्टिकर जसलाई गाडीको अगाडिपट्टि सिसामा राख्ने गरिन्छ । यसले गाडीको तेस्रो नम्बरप्लेटको रुपमा काम गर्ने बताउँछन् अष्ट्रेलियास्थित ला ट्रोब विश्वविद्यालयका अनुसन्धानकर्ताहरु ।

यस किसिमको स्टिकर हटाउँदा त्यो आफै नष्ट हुन्छ जसले प्रहरीलाई चोरी गरिएका वा समान नम्बर प्लेट भएका गाडी पहिचान गर्न मद्दत मिल्छ ।

दोस्रो प्रविधि भनेको डेडिकेटेड सर्ट रेन्ज कम्युनिकेसन (डीएसआरसी) हो । यो वास्तवमा एउटा डिजिटल प्रविधि हो जसले सडक पूर्वाधारसँग सञ्चार गर्न सक्छ र भविष्यमा पनि त्यस्ता गाडी पहिचान गर्न सक्छ ।

नम्बर प्लेटका लागि थप सुरक्षा फिचर भनेको चालकको लाइसेन्समा होलोग्राफिक ढाँचा र पासपोर्ट परीक्षण आदि हुन् ।

नयाँ डिजिटल पहिचान विधिले अपराधीलाई चोरीका साधनको पहिचान लुकाउन अप्ठ्यारो पार्नेछ ।

अहिले जारी परीक्षणले प्रविधिलाई कसरी सञ्चालनमा ल्याउने र प्रहरीले हाल प्रयोग गरिरहेको अटोमेटिक नम्बर प्लेट रिकग्निसन प्रविधिसँग कसरी मिलाएर लैजाने भन्ने कुरा निर्धारण गर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।