एभान मोटर्सले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर

दुईदेखि चार घण्टामा फुल चार्ज हुने यी स्कुटरको विशेषता हो । यीमध्ये सिङ्गल ब्याट्रीवाला स्कुटरले ६० किलोमिटरको माइलेज दिन्छ भने डबल ब्याट्रीले ११० किमिको माइलेज दिन्छ ।

एजेन्सी । एभान मोटोर्स इन्डियाले भारतमा आफ्नो नयाँ स्कुटर ट्रेन्ड इ लन्च गरेको छ । यसलाई दुई ओटा ब्याट्री अप्सन सिङ्गल र डबल ब्याट्रीको साथमा बजारमा लन्च गरिएको छ । भारतको बजारमा सिङ्गल ब्याट्रीको मूल्य ५६ हजार ९ सय रुपैयाँ छ । डबल ब्याट्रीको मूल्य भने ८१ हजार २ सय ५६ रुपैयाँ रहेको छ ।

दुईदेखि चार घण्टामा फुल चार्ज हुने यी स्कुटरको विशेषता हो । यीमध्ये सिङ्गल ब्याट्रीवाला स्कुटरले ६० किलोमिटरको माइलेज दिन्छ भने डबल ब्याट्रीले ११० किमिको माइलेज दिन्छ ।

नयाँ लन्च भएका यी स्कूटर रेड ब्ल्याक, ब्ल्याक रेड र ह्वाइट ब्लू रङमा उपलब्ध छन् । यसको उच्चतम गति भनेको ४५ किमि प्रतिघण्टा रहेको छ । यी स्कुटरले १ सय ५० किलो ग्रामसम्मको तौल सजिलै उठाउन सक्छन् ।

ट्रेन्ड इ स्कुटरमा हाइड्रोलिक टेलिस्कोपिक फ्रन्ट सस्पेन्सको साथमा क्वाइल स्प्रिङ रियर सस्पेन्सन दिइएको छ । यसका अलावा यसमा ओयल ह्विल फ्रन्ट ह्विलमा डिस्क र रियरमा ड्रम ब्रेकका विकल्प पाइन्छन् ।