नायिका प्रियङ्का कार्की र नायक आयुष्मानले मोःमोःउत्सवअन्तर्गत काठमाडौंका विभिन्न आउटलेट र होटलको भ्रमण गरेका छन् । सँगै आफ्ना फ्यानहरुसँग बसेर कोका–कोला र विभिन्न परिकारको मःमःको मज्जा लिइरहेका छन् ।
मङ्गलबार उनीहरुले नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, विशाल मःमः र चिकेन स्टेसनका आउटलेटहरुमा भ्रमण गरेका छन् । उक्त अवसरमा उनीहरुले विभिन्न आउटलेटका सञ्चालक, स्टाफ र फ्यानहरुसँग भेटघाट गरेर कोक र मःमःको अनुभव बढाउँदै फोटो खिचेका छन् । फ्यानहरु पनि आयुष्मान र प्रियङ्कालाई भेटेर कोका–कोला र मःमको मज्जा लिन पाउँदा निकै खुसी भएका थिए ।
आयुषमानले भने, ‘मलाई कोका–कोला मोःमोःउत्सवले विभिन्न परिकारको मःमः र चिसो कोका–कोलाको अनुभव बढाउन अवसर प्रदान गरेको छ । मैले फ्यानहरुसँग बसेर विभिन्न परिकारको मःमः र कोका–कोलाको मज्जा लिने मौका पाए यसका लागि म कोका–कोला नेपाललाई आभार प्रकट गर्न चाहान्छु । मेलै मोःमोःउत्सव भ्रमणको क्रममा उत्कृष्ट अनुभव बटुल्ने मौका पाएँ ।’