ब्याप्को लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता एलआर मोटर्स

नेपाली बजारमा यसको पूर्ण सिन्थेटिक, सेमी सिन्थेटिक र मिनरल बेसका लुब्रिकेन्ट्स उपलब्ध गराइएको छ । ब्याप्कोलाई विश्वप्रख्यात अटोमोबाइल ब्रान्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्सलगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको छ ।

काठमाडौं । एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएको छ । बिक्रेतामा नियुक्त भएसँगै बहराइन पेट्रोलियम कम्पनीको यो लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्रीवितरण गर्न सुरु गरेको छ । यो लुब्रिकेन्ट्स बहराइन सरकारको स्वमित्वमा छ ।

नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलब्ध गराइएको उक्त मोटर्सकी प्रबन्ध निर्देशक लक्ष्मी झाले बताइन् । उनले भनिन्, ‘यसमा भएको विशेष गुणका कारण यो लुब्रिकेन्ट्स प्रयोग भएको सवारीसाधनले राम्रो पर्फमेन्स दिनुको साथै इन्जिनको आयुसमेत बढाउँछ ।’