बक्यौता नतिर्ने ३ कम्पनीलाई दुरसञ्चार प्राधिकरणले दियो असार मसान्तसम्मको समय

स्मार्ट टेलिकम, युनाइटेड टेलिकम लिमिटेड र नेपाल स्याटलाइटले गरी २ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ तिर्न बाँकी छ । उनीहरुले भुत्तानी गर्न अटेर गर्दै आएका छन् ।

काठमाडौं । नेपाल दुरसंचार प्रााधिकरणले बक्यौता नतिर्ने सेवा प्रदायक कम्पनीहरुलाई आउँदो असार मसान्तसम्म समय थप गरेको छ । प्राधिकरणको हालै बसेको सञ्चालक समिति बैठकले म्याद थपको निर्णय गरेको प्राधिकरणका कार्यवहाक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
सेवाप्रदायकको माग अनुसार असारसम्म म्याद थप गरेको खनालले बताए । प्राधिकरणले सेवाप्रदायकलाई बक्यौता तिर्न दिएको ६१ औं ताकेताको समय सकिएको छ । यसअवधिमा कुनै पनि सेवा प्रदायकले बक्यौता तिरेका छैनन ।

स्मार्ट टेलिकम, युनाइटेड टेलिकम लिमिटेड र नेपाल स्याटलाइटले गरी २ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ तिर्न बाँकी छ । उनीहरुले भुत्तानी गर्न अटेर गर्दै आएका छन् ।