नव उद्यमीलाई स्विच अनको सहयोग

कम्पनीमा आबद्ध भएका नवउद्यमीहरुलाई व्यवसाय सञ्चालन गर्नुअघि स्विच अनले उचित तालिम तथा प्रभावकारी बिक्री योजना, बजार व्यवस्थापन, अकाउन्टसम्बन्धी जानकारी तथा मार्गदर्शन प्रदान गर्ने बताएको छ ।

काठमाडौं । स्विच अनले नेपालमै सुरक्षित व्यवसाय गर्न चाहने नवउद्यमीहरुलाई आफूसँग साझेदारी गर्न आह्वान गरेको छ । स्वीच अनमा आबद्ध भएर नवउद्यमीहरुले न्यूनतम लगानीमा सुरक्षित व्यवसाय गर्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीमा आबद्ध भएका नवउद्यमीहरुलाई व्यवसाय सञ्चालन गर्नुअघि स्विच अनले उचित तालिम तथा प्रभावकारी बिक्री योजना, बजार व्यवस्थापन, अकाउन्टसम्बन्धी जानकारी तथा मार्गदर्शन प्रदान गर्ने बताएको छ ।

स्विच अन एक विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानको खुद्रा सोरुम हो । यसले ग्राहकलाई एउटै छानामुनि घरायसी इलेक्ट्रोनिक्स सामान उपलब्ध गराउँछ ।

स्विच अनका आउटलेटहरुमा विश्वका उत्कृष्ट ब्रान्ड सामसुङ, हिमस्टार, बजाज, टाइमेक्स, इन्डोएसियन, ओसराम, आहुजा, ग्यालेन्ज, प्रोलिङ्क, हन्टकीलगायत ब्रान्डका मोबाइल, टीभी, रेफ्रिजेरेटर, वासिङमेसिन, एलईडी लाइट्स, घडी तथा अन्य इलेक्ट्रोनिक्स सामान बिक्री वितरण गर्दै आएको छ ।

काठमाडौंको नक्साल नारायणचौरमा मुख्य कार्यालय रहेको स्विच अनका हालसम्म देशभरका विभिन्न सहरमा २० ओटा सोरुम सञ्चालनमा आइसकेका छन् भने अन्य सहरमा पनि जोडतोडले विस्तार गर्ने क्रममा छ ।

स्विच अनको मुख्य उद्देश्य व्यक्तिगत तथा संस्थागत उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तर र श्रेणीका उत्पादनहरु उपलब्ध गराउनु हो । यसले ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै नयाँ–नयाँ स्किम, अफर र छुटको पनि व्यवस्था गर्दै आएको छ ।