शिवम सिमेन्टले नगद लाभांश प्रस्ताव गर्यो, सेयरधनीलाई १५ रुपैयाँ ७८ पैसा दिने

उद्योगको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १५ रुपैयाँ ७८ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उद्योगको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको चुत्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले हालै सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।