सिजीको टेलिकममा पहिलो स्टेप, सोसल म्यासेन्जर बिप सार्वजनिक

बिप एप एउटा म्याजेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवं फाईलको आदान प्रदान गर्न सकिनेछ । साथै, यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम सम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ ।

नेपालको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप टेलिकम व्यवसायमा अगाडी बढेको छ । नेपालमा टेलिकम सेवा दिनका लागि तयारी गरिरहेको चौधरी ग्रुपले सोसल म्यासेन्जर एप बिपलाई नेपालमा सार्वजनिक गरेको हो ।

टेलिकम व्यवसायमा जाने तयारीकै लागि चौधरी ग्रुपले सिजी लाइफ सेलको नयाँ कम्पनीमार्फत बिपलाई नेपालमा सार्वजनिक गरेको हो । बिप टर्कीको लाइफ सेलको प्रडक्ट हो । चौधरी समूहले नेपालमा बिपलाई आफ्नो व्यवस्थापनअन्तर्गत सञ्चालन गर्नेछ । चौधरी समुहले टेलिकममा लाइफ सेललाई रणनीतिक साझेदारको रुपमा नेपालमा भित्र्याएको हो ।

टेलिकमको व्यवस्थापन हेर्नका लागि अहिले टर्किस समुह नेपालमा नै रहेका छन् । बिपलाई नेपालमा सार्वजनिक गरेसँगै यसको डाटा सेन्टर पनि नेपालमा नै रहने भएको छ । ‘डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा हामी जतिसक्दो योगदान पु¥याउन चाहान्छौँ’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘यसबाट आम नेपाली नागरिकको अझै सर्वसुलभ रुपमा सूचनामा पहुँच पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

बिप एप एउटा म्याजेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवं फाईलको आदान प्रदान गर्न सकिनेछ । साथै, यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम सम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । यसलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

बिप एप मोबाईल फोनको भाषा अनुसार परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै यसमा विभिन्न प्रकारका निःशुल्क गेमहरु डाउनलोड नगरीकन खेल्न सकिन्छ । त्यसैगरि फलो मि र लोकेसन सेयर जस्ता बिशेषताहरु यसमा प्रयोग गर्न सकिन्छ । बिप एप लाई ल्यापटप र डेक्सटपमा पनी प्रयोग गर्न सकिन्छ । यसमा १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न पनि सक्छन् ।

बिपमा चेक इन, मनि ट्रान्सफर र कस्टमर सर्भिसजस्ता सेवाहरु पनि उपलब्ध रहेका छन् । मनि ट्रान्सफरको सेवा नेपालमा केहि समयपछि उपलब्ध हुने कम्पनीले जनाएको छ । चौधरी समुहले २५ अर्ब लगानीमा टेलिकम व्यवसायमा हात हाल्ने अन्तिम तयारीमा रहेको छ । सिजी लाइफ सेलले बिपलगायत स्वास्थ्य, शिक्षा र मनोरञ्जनका लागि अन्य २० वटा एप सार्वजनिक गर्ने योजना समेत बनाएको छ ।