ललिता निवास जग्गा प्रकरण : सीआईबीले मालपोतसँग विवरण लिन काट्यो पत्र

सीआईबीले जग्गा पास र कित्ताकाट गर्ने डिल्लीबजार मालपोत कार्यालय, त्यसमा केही जग्गा आफ्नो भएको दाबी गर्ने गुठी सस्थान र विभिन्न व्यक्तिले नाममा पास गर्दाको अवस्था र त्यति बेलाका लिखतसमेत माग गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री, प्रधानन्यायधीश र सभामुखको निजी निवाससँगै जोडिएको ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन व्यूरो (सीआईबी)ले घटनाको बिवरण दिन सम्वन्धित निकायमा पत्राचार गरेको छ ।

सीआईबीले जग्गा पास र कित्ताकाट गर्ने डिल्लीबजार मालपोत कार्यालय, त्यसमा केही जग्गा आफ्नो भएको दाबी गर्ने गुठी सस्थान र विभिन्न ब्यक्तिले नाममा पास गर्दाको अवस्था र त्यति बेलाका लिखत समेत माग गरेको छ ।

त्यसैगरी सीआईबीले जग्गा पास गर्दाका कर्मचारीदेखि त्यसमा काम गर्नेको समेत विवरण मागेको छ ।शक्ति र पैसाको आडमा हडपेको ३७ अर्ब रुपैयाँभन्दा बढी मूल्यको २८४ रोपनी जग्गा फिर्ता गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले निर्देशन दिएपछि सीआईवीले अनुसन्धान थालेको हो ।

जग्गाको फाईल पल्टाएर आवश्यक बिवरण माग गरिएको सीआइवीका निर्देशक डीआईजी निरज शाहीले जानकारी दिए ।  क्यापिटल नेपालसँग कुरा गर्दै डीआईजी शाहीले भने, हामीले मालपोत देखि जग्गा धितो राखिएको विभिन्न बैङकबाट बिवरण माग गरेका छौ, त्यो आएपछि थप अनुसन्धान हुन्छ,।

फागुन २८ गतेको मन्त्रीपरिषद निणर्यले सीआईबीलाई अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र हडपेको जग्गालाई सरकार मातहत ल्याउन निर्देशन दिएको थियो ।