हेलियो पी७० प्रोसेसर, पछाडिपट्टि तीन ओटा क्यामेरा सेटअप, पपअप सेल्फी क्यामेरा, फुल एचडी डिस्प्ले र फिंगरप्रिन्ट सेन्सर यसका प्रमुख फिचर हुन् ।
एजेन्सी । भिभोले आफ्नो एस सिरिजको पहिलो स्मार्टफोन भिभो एस वन सार्वजनिक गरेको छ । यसको मूल्य चिनियाँ युआन २,२९० अर्थात नेपाली मूल्य करिब ३६ हजार ७५० पर्छ ।
यो स्मार्टफोन अहिले ब्ल्यू र पिचपिङ्क गरी दुई रङमा उपलब्ध छन् । भिभो एस वन स्मार्टफोनमा ६ जीबी रैम र १२८ जीबी इन्टरनल स्टोरेज छ ।
हेलियो पी७० प्रोसेसर, पछाडिपट्टि तीन ओटा क्यामेरा सेटअप, पपअप सेल्फी क्यामेरा, फुल एचडी डिस्प्ले र फिंगरप्रिन्ट सेन्सर यसका प्रमुख फिचर हुन् ।
यसमा २३४० बाई १०८० पिक्सल्सको रेल्जुलेसन भएको ६.५३ इन्चको फुल एचडी प्लस डिस्प्ले छ ।
यसलाई मिडियाटेक हेलियो पी७० प्रोसेसर पेयरर्ड विथ मालि जी७२ जीपीयूले पावर्ड गरेको हो ।
यसमा गुगलको एन्ड्रोएड ९.० पाई अपरेटिङ सिस्टमसँगै कम्पनीको आफ्नै फनटच ओएस ९ स्किन छ । यसमा ३,९४० एमएएचको ब्याट्री छ । अनुहार चिन्न सक्ने फेसिएल रिकग्निसन क्षमता पनि छ ।
यसको पछाडिपट्टि रहेको क्यामेरामा प्राइमरी क्यामेरामा १२ मेगा पिक्सल्सको क्षमता छ भने अन्य दुइटामा आठ र पाँच मेगापिक्सल्स सेन्सर छ ।
यसको अगाडिको क्यामेरामा २५ मेगा पिक्सल्सको सेल्फी पपअप सेन्सर छ ।