आइएमई जनरल इन्स्योरेन्को थप तीन नयाँ शाखा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले दुई ओटा शाखा एउटा उपशाखा सञ्चालनमा ल्याएको छ । झापाको दमक, सुनसरीको इटहरीमा शाखा र मोरङको विराटचोकमा उपशाखा खोलेको हो । उक्त शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालकद्धय योगेश्वर शर्मा ढकाल र प्रताप जङ्ग पाण्डेले गरेका हुन् ।

कार्यक्रममा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैङ्क, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य द्धय ढकाल र पाण्डेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

उक्त शाखा सहित २६ पुगेको छ । ३ ओटा उपशाखा कार्यालय तथा १० ओटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४० स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नेे जानकारी गराउँदै निकट भविष्यमानै थप १४ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिँदै कम्पनीले दोस्रो त्रैमासिकसम्म रु. ४३ कारोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए ।