नेपाल टेलिकमले सुरु गर्यो नमस्ते क्रेडिट सेवा

नेपाल टेलिकमले पोष्ट पेड र प्रिपेड दुबै सिमप्रयोग कर्ताका ‘नमस्ते क्रेडिट’ सेवा ल्याएको छ । नेपाल टेलिकमको १४ औं बार्षिक उत्सव समारोहमा टेलिकमले यस्तो सेवा सुरु गरेको हो ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतद्धारा उद्घाटन भएको उक्त सामारोहकामा प्रिपेड सेवाग्राहिलाई कुरा गर्दा गर्दै व्यालेन्स सकिए पनि कललाई निरन्तरता दिन बिना ब्याज लोन रकम उपलब्ध हुने छ । आगामी एक महिना भित्र व्यावसायिक सञ्चालन गर्ने भएको छ ।

मन्त्री बस्नेतले ‘अप्टीकल फाइबर र फोर जी सेवालाई देशभरका दुर्गम ठाउँ सम्म पुर्याएर प्रतिस्पर्धी बजारमा गुणस्तरीय सेवालाई बढि जोड दिएका छन् । त्यस्तै टेलिकमले मोबाइल फोनमा सबैभन्दा धेरै खर्च गर्ने ग्राहकहरुलाई पनि सम्मान गरेको छ । टेलिकमले वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई मोबाइल प्रयोगमा धेरै खर्च गर्ने ग्राहकहरुको रुपमा सम्मान गरेको हो ।

टेलिकमले पोष्टपेड सेवाग्राहि मध्ये नेपाल विद्युत प्रधिकरणका कार्यकारी निदेशक कुलमान घिसिङले सबैभन्दा बढी रकम खर्चिएको भन्दै सम्मान गरेको हो । घिसिङले एक बर्ष एक लाख ९७ हजार ६ सय २५ रुपैयाँ मोबाइलमा खर्च गरेका छन् । प्रिपेड सेवाग्राहिमा मध्ये पत्रकार पुष्प दुलाल पनि सम्मानित भएका छन् । उनले मोबाइलबाट मात्र ६४ हजार रुपैयाँ खर्च गरेका हुन् ।

त्यसैगरी सस्थागत पोस्पेड मोबाइलबाट धेरै खर्च गर्नेमा सूर्य नेपाल प्राइभेट कम्पनी रहेको छ । उक्त कम्पनीले बर्षमा ९ लाख ४६ हजार १ सय खर्च गरेको छ । ‘हाल नेपालमा टेलिकमको फोर जी सेवा दुई सहरमा मात्र रहेको उक्त सेवालाई मुलुक भर पुर्याउनु पर्नेमा नेपाल दुरसञ्चार प्रधिकरणका अध्यक्ष दिगम्बर झाले जोड दिएका छन् ।