सिजी लाइफ सेल र टर्की लाइफ सेलबीच  नेपालमा टेलिकम कम्पनी सञ्चालनका लागि सम्झौता

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी लाइफ सेल र टर्की लाइफ सेलबीच नेपालमा दुरसञ्चार सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
लगानी सम्मेलनको अन्तिम दिन दुई कम्पनीका प्रतिनिधिहरुले दुरसञ्चार सेवा सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
चौधरी ग्रुपले दुरसञ्चार सेवामा लगानी गर्नका लागि सिजी टेलिकमको कम्पनी खडा गरेर ५ बर्षदेखि प्रक्रिया थालेको थियो ।

कम्पनीले अहिले लाइसेन्सको झन्झट बेहोरिरहेको छ । २५ अर्ब रुपैयाँ लगानी गर्ने दुरसञ्चार सेवाका लागि सिजी लाइफ सेलले फाइभ जी सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।