सुरु भयो दोस्रो नेपाल–भारत व्यापार मेला

दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव–२०१८ भारतको उतराखण्ड राज्यको देहरादुनमा सुरु भएको छ । नेपाल सरकार वाणिज्य मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास, नेपालस्थित भारतीय राजदूतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेलाको उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले उद्घाटन गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको सभापतित्वमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकारका वाणिज्य राज्य मन्त्री नरबहादुर चन्द थिए । अघिल्लो वर्षदेखि आयोजना हुन थालेको यो मेला निकासी योग्य बस्तुको पहिचान एवं बजार प्रबद्र्धन गर्ने, नेपालमा उत्पादित बस्तु÷सेवाहरूको बजार प्रबद्र्धन, नेपालका पर्यटकीय सम्पदाहरूको प्रचार प्रसार, पर्यटकीय होटल, रिसोर्ट, टुर एण्ड ट्राभल्सलाई सहभागी गराई प्याकेज प्रवद्र्धन गर्ने, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान प्रदान गर्ने, उद्यमी व्यवसायीहरूलाई बजार पह“ुचको अवसर प्रदान गर्ने र नेपाल भारतबीचको संस्कृति सम्बन्धलाई थप उजागर मुख्य उद्देश्य रहेको छ ।

महासङ्घको सदस्य कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निकासी जन्य एवं कृषि जन्य वस्तु भारत निकासीमा विस्तार गर्न गत वर्षदेखि देहरादूनमा मेला आयोजना गर्न लागेको हो । मेलामा ५६ वटा स्टलहरु मार्फत नेपाली कृषि उत्पादन, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनी गरिएको छ ।

यस वर्षको मेलाको मुख्य आकर्षणमा नेपाली राष्ट्रिय तथा स्थानीय उत्पादन र सेवाहरू, पर्यटकिय क्षेत्रहरूको विस्तृत जानकारी, टुर एण्ड ट्राभल्स प्याकेज, नेपालका मुख्य मुख्य पर्यटकिय सम्पदाहरूको प्रचार प्रसार, नेपाली कला संस्कृतिको प्रदर्शनी÷नेपाली खाद्य परिकारहरू रहेका छन् । आफ्ना सदस्य उद्योग वाणिज्य सङ्घहरू मार्फत नेपालस“ग सिमाना जोडिएका अन्य भारतीय प्रदेशहरूमा समेत यस्ता मेलाहरू आगामी दिनमा गर्दै जाने योजना महासङ्घको रहेको छ ।

मेला उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उत्तराखण्ड राज्यका मुख्य मन्त्री रावतले नेपाल भारतबीचको सांस्कृति, पारिवारिक, धार्मिक, आर्थिक सम्बन्ध संसारमै एक अनुपम रहेको बताउँदै समग्र नेपालको समृद्धिमा भारत सदैव सहयोगी रहने विश्वास दिलाए । उनले नेपाल भारतबीचको यातायात व्यवस्थालाई सजह र सवल बनाउन निरन्तर कार्य गरीरहेको जानकारी गराउँदै उत्तराखण्ड र नेपाल बीचको धार्मिक सम्बन्ध निकै प्रगाढ रहेको समेत बताए ।

अघिल्लो वर्षदेखि आयोजना हु“दै आएको यो मेलाले उत्तराखण्ड र नेपालको सिमा क्षेत्रका जिल्लाका उद्यमी व्यवसायीबीचको व्यवसायिक सम्बन्ध निकै मजवुद हुँदै गएको आफूले पाएको र आगामी दिनमा यसको निरन्तरताबाट आर्थिक, व्यापारिक सम्बन्ध र सहकार्यलाई उचाईमा पु¥याउन मेला कोशेढुंगा हुने विश्वास प्रकट गरे ।

कार्यक्रमका सभापति एवं महासङ्घका अध्यक्ष भवानी राणाले दुई दबीच आयोजना हुने यस्ता मेला महोत्सवले नेपाल भारत बीचको आर्थिक व्यापारिक, धार्मिक तथा जनस्तरको सम्बन्धलाई थप उचाईमा पु¥याउने धारणा राखिन् । अध्यक्ष राणाले उत्तराखण्ड, नेपालीका लागि समेत पवित्रस्थल भएकाले नेपाल र उत्तराखण्डबीच धार्मिक पर्यटन प्रवद्र्धनमा समेत निकै ठूलो सम्भावना रहेको बताइन् । अध्यक्ष राणाले उत्तराखण्डमा अवस्थित देवस्थलहरू र नेपालस्थित हिन्दूहरूका आराध्यदेव भगवान पशुपतिनाथ, भगवान गौतम वुद्धको जन्मस्थल एवं शान्ति भूमी लुम्बिनी आपसी धार्मिक पर्यटन प्रवद्र्धनका महत्वपूर्ण आधार भएको बताइन ।