सिमरामा दुगड महिन्द्राको नयाँ वर्कसप

नवनिर्मित सो वर्कसपमा २० सर्भिस वे छन् । १६ हजार वर्गफिटको उक्त वर्कसपमा नौ हजार वर्गफिटको पार्ट्स काउन्टर र ७ हजार वर्गफिटको गोदाम छ । वर्कसपमा गाडी रिपेयरका लागि अत्याधुनिक सुविधासम्पन्न कस्टमर लन्जको पनि प्रबन्ध रहेको दुगड ग्रुपले बताएको छ ।

काठमाडौं । दुगड ग्रुपले सिमरा उपमहानगरपालिकामा नयाँ महिन्द्रा वर्कसप खोलेको छ । ग्रुपले चैत ११ गते एक समारोहबीच नयाँ वर्कसपको उद्घाटन गरेको हो ।

नवनिर्मित सो वर्कसपमा २० सर्भिस वे छन् । १६ हजार वर्गफिटको उक्त वर्कसपमा नौ हजार वर्गफिटको पार्ट्स काउन्टर र ७ हजार वर्गफिटको गोदाम छ । वर्कसपमा गाडी रिपेयरका लागि अत्याधुनिक सुविधासम्पन्न कस्टमर लन्जको पनि प्रबन्ध रहेको दुगड ग्रुपले बताएको छ ।

गाडी निर्माणकर्ता कम्पनी महिन्द्राको नेपालका लागि अधिकारिक विक्रेता रहेको दुगड ग्रुपले विगत २७ वर्षदेखि महिन्द्रा एन्ड महिन्द्राका कमर्सियल गाडी विक्री तथा वितरण गर्दै आइरहेको छ । ग्रुपका देशभर ३४ सर्भिस सेन्टरमा दुई सयभन्दा धेरै दक्ष प्राविधिक छन् ।