भारतकै पहिलो स्मार्ट कनेक्टेड ह्युन्डाई भेन्यु न्यु योर्कमा अनावरण हुने, यस्ता छन् फिचर

यो नयाँ गाडीसँगै ह्युन्डाईले सब-४-मिटर एसयूभी सेग्मेन्टमा प्रवेश गर्नेछ । अहिले यो सेग्मेन्टका गाडीहरुले बजारमा राम्रो प्रदर्शन गरिरहेका छन् । भारतमा यो प्रतिमहिना २६ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । भारतमा यसले २० प्रतिशतको उल्लेखनीय वृद्धि दर्ता गराएको छ ।

एजेन्सी । ह्युन्डाई मोटर इन्डियाले आफ्नो नयाँ अल न्यु सबकम्प्याक्ट एसयूभी अनावरण गर्दैछ । ह्युन्डाई भेन्यु नाम दिइएको सो मोटर कम्पनीले १७ अप्रिलमा न्युयोर्क मोटर सोमा सार्वजनिक गर्दैछ ।

यो नयाँ गाडीसँगै ह्युन्डाईले सब-४-मिटर एसयूभी सेग्मेन्टमा प्रवेश गर्नेछ । अहिले यो सेग्मेन्टका गाडीहरुले बजारमा राम्रो प्रदर्शन गरिरहेका छन् । भारतमा यो प्रतिमहिना २६ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । भारतमा यसले २० प्रतिशतको उल्लेखनीय वृद्धि दर्ता गराएको छ ।

यो सेग्मेन्टमा अहिले मारुति सुजुकी भितारा ब्रेज्जा, फोर्ड इकोस्पोर्ट, टाटा निक्सन, होन्डा डब्ल्यूआर भी र महिन्द्रा टीयूभी १०० छन् । यद्यपि नयाँ भेन्यु गाडीको सार्वजनिक अनावरणअघि नै ह्युन्डाई कम्पनीले भेन्युका केही आकर्षक फिचरहरुको खुलासा गरेको छ ।

निर्माणकर्ता कम्पनीका अनुसार यो कम्प्याक्ट एसयूभी भारतको पहिलो स्मार्ट कनेक्टेड एसयूभी हुनेछ, जसमा ह्युन्डाई ब्लुलिङ्क नामको एड्भान्स कनेक्टिभिटी प्रविधि रहनेछ ।

ह्युन्डाई ब्लुलिङ्क ह्युन्डाईको ग्लोबल टेक्नोलोजी हो जसलाई भारतमा ३३ ओटा सुरक्षा, सहज र सवारी व्यवस्थापन फिचरसहित ल्याइनेछ । ब्लुलिङ्कले भारतमा कनेक्टेड सवारीको नयाँ युग ल्याउने ह्युन्डाईले बताएको छ ।

यसमा केही नयाँ फिचर जस्तै– चोरीका सवारी ट्रयाकिङ तथा हराएका सवारीहरुको रिकभरीका लागि इमोबिलाइजेसन हुनेछन् । यसमा स्पिड अलर्ट, जियो फेन्स अलर्ट, पेनिक नोटिफिकेसन्स, रिमोट कन्ट्रोल फङ्कसन जस्तै– इन्जिन स्टार्ट अथवा स्टप, क्लाइमेट कन्ट्रोल, हर्न हङ्क आदि रहने छन् ।