ह्युण्डाईलाई टक्कर दिन निसानको इलेक्ट्रिक लिफ गाडी

एजेन्सी । निसान कम्पनीले किक्स गाडीको लन्चको दौरान निसानको प्रसिद्ध इलेक्ट्रिक गाडी लिफको लन्चिङबारे खुलासा गरेको थियो । निसानले लन्च गर्ने भनेको लिफको विशेषता भनेको यसले एकपटकको फूल चार्जमा चार सय किमिसम्मको माइलेज दिन्छ ।

निसान लिफको लम्बाइ ४४८० एमएम, चौढाइ १७९० एमएम र उचाई १५४० एमएम रहेको छ । यसको ह्वीलबेस भनेको २७०० एनएम रहेको छ । यसमा इएम५७ इलेक्ट्रिक मोटर लगाइएको छ । यसले १५० पिएसको अधिकतम पावर र ३२० एनएमको टर्क दिन्छ । यसमा ४० केडब्ल्युएचको लिथियम बैट्री प्याक रहेको छ । यसको फुल चार्ज हुनका लागि १६ घण्टाको समय लाग्छ भने ६ केडब्ल्युको चार्जरमा ४० मिनेटभित्र ८० प्रतिशत चार्ज हुन्छ ।

यसले सिंगल चार्जमा चार सय किमीको दुरी तय गर्नसक्ने कम्पनीले दाबी गरेको छ । भारतमा यसको एक्स शोरुम मूल्य करिब ३५ लाख भारतीय रुपयाँको हुने बताइएको छ । यस वर्षको अर्को छ मासिकमा ह्युण्डाईले पनि आफ्नो इलेक्ट्रिक कार लन्च गर्दैछ जसले सिंगल चार्जमा ३५० किमीसम्मको पाइलेज दिने बताइएको छ ।

समाचार रिपार्टहरुका अनुसार निसान लिफलाई भारतमा यसै वर्ष लन्च गरिनेछ । यसलाई पहिलोपटक गत डिसेम्बरमा थाइल्याण्डमा लन्च गरिएको थियो ।