‘पेन्सन टेन्सन’ भन्ने मूल सन्देशका साथमा न्यूनतम ४० देखि ७५ बर्ष उमेरका ग्राहककलाई लक्षित गरी लाइफ इन्स्याेरेन्स कर्पाेरेसन (एलआईसी) नेपालले जिवन अक्ष– १ नामक पेन्सन बजारमा ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले औपचारिक रुपमा यस्तो योजना सार्वजनिक गरेका हुन।
जीवन अक्षय १ योजना बीमा चालुु हुनासाथ पेन्सन लिन मिल्ने नेपालको पहिलो योजना हो । यस योजनामा बिमितले शुुरुबाटै आजिबन र निजको मुुत्यु पश्चात पनि पत्नीलाई पनि जिवनभर पेन्सन सुविधा दिने प्रावधान राखिएको छ । कम्पनीमा केहि बर्ष अघि देखि जिवन तरङ्गा नामको पेन्सन प्रकृतिको बीमा योजना बिक्री हुँदै आएको थियो ,जसमा पबमाकोे ५ प्रतिशत रकम बार्षिक रुपमा पेन्सनकोरुपमा आजीवन पाइन्थ्यो ।
तर बीमा समितिबाट पारित यस योजनामा वर्तमान दर विमितको उमेर अनुसार बीमाङ्ग रकममा सर्वाधिक ११.७७ प्रतिशतसम्म रकम पेन्सनको रुपमा पाउन सकिनेछ । एल आईसी नेपालको कायममुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले भने ‘आम नागरिकहरुलाई पेन्सनको माध्यबाट आर्थिक सुधार दिनसक्नेमा कुरामा कम्पनी विस्वस्त छ ।’