अमेजनले लन्च गर्यो नयाँ इको शो

यो एउटा स्मार्ट डिस्प्ले हो, जसलाई घरको नियन्त्रणसँगै भिडियो सामग्री हेर्न प्रयोग गर्न सकिन्छ । यसअघि सार्वजनिक भएको इको शोको यो परिमार्जित प्रारुप हो ।

एजेन्सी । अमेजनले भारतमा पहिलो पटक इको शो लन्च गरेको छ । भर्खरै लन्च भएको यो इको शोको दोस्रो जेनरेसन हो । गत वर्ष अमेजनको हार्डवेयर इभेन्टमा कम्पनीले यसलाई लन्चिङको घोषणा गरेको थियो ।

यो एउटा स्मार्ट डिस्प्ले हो, जसलाई घरको नियन्त्रणसँगै भिडियो सामग्री हेर्न प्रयोग गर्न सकिन्छ । यसअघि सार्वजनिक भएको इको शोको यो परिमार्जित प्रारुप हो ।

नयाँ इको शोमा ठूलो दस इन्चको एचडी टचस्क्रिन छ, जसबाट भिडियो हेर्न सकिन्छ । घरमा प्रयोग हुने उपकरणमध्ये यस उपकरणमा आधुनिक फेब्रिक डिजाइन छ । साथै यसमा पाँच मेगा पिक्सल्सको क्यामेरा छ, जसलाई ह्यान्ड्स फ्री इको–टु–इको भिडियो कलका लागि प्रयोग गर्न सकिन्छ ।

यसमा पावरफुल स्टेरियो साउन्ड, डुअल दुई इन्च ड्राइभर्स, प्यासिभ बास रेडिएटर र डल्बी प्रोसेसिङ छ । यो उपकरणमा फार फिल्ड प्रविधिसहितको आठ ओटा माइक्रोफोन छन् । इको प्लसले जस्तै नयाँ इको शोले पनि केही स्मार्ट घरेलु उपकरणलाई सिधा नियन्त्रण गर्न सक्छ ।

भारतमा यसको मूल्य २२, ९९९ भारतीय रुपैयाँ पर्ने बताइएको छ ।