नयाँ वर्षको अवसरमा एलजीको ‘खुशीको अपग्रेड’ अफर, ४३ प्रतिशतसम्म क्यासब्याक

‘खुशीको अपग्रेड’ योजनामार्फत एलजीका टेलिभिजन तथा साउन्ड सिस्टम किन्दा ४३ प्रतिशतसम्म नगद फिर्ता पाउन सकिने कम्पनीले बताएको छ । टेलिभिनजमा दुई वर्षको वारेन्टीसमेत छ ।

नयाँ वर्ष २०७६ लाई लक्ष्य गरी एलजीले आफ्ना उत्पादनहरुमा विशेष छुट दिने ‘खुशीको अपग्रेड’ योजना बजारमा ल्याएको छ ।

‘खुशीको अपग्रेड’ योजनामार्फत एलजीका टेलिभिजन तथा साउन्ड सिस्टम किन्दा ४३ प्रतिशतसम्म नगद फिर्ता पाउन सकिने कम्पनीले बताएको छ । टेलिभिनजमा दुई वर्षको वारेन्टीसमेत छ ।

सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा २० प्रतिशतसम्म क्यासब्याक, डबल डोर रेफ्रिजेरेटरमा मिक्स्चर ग्राइन्डर, साइड–बाइ–साइड रेफ्रिजेरेटर किन्दा भ्याकुम क्लिनर तथा माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट्स उपहार पाइनेछ । यसैगरी एसी किन्दा निशुल्क जडान गरिदिने कम्पनीले जानकारी गराएको छ ।

‘खुशीको अपग्रेड’ योजनाअन्तर्गत एलजीको फ्रन्टलोड वासिङ मेसिनमा हट पोट, टप लोड वासिङ मेसिनमा आइरन, डिस वासरमा डिटरजेन्ट, भ्याकुम क्लिनरमा २० प्रतिशतसम्म क्यास ब्याक र चेस्ट फ्रिजरको खरिदमा १७ प्रतिशतसम्म छुट दिइएको छ ।

यो योजना नेपालभरि चैत्र २० गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले बताएको छ ।