सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट पोट्रेटतिर अग्रसर ओप्पो : ४८ एमपी डुअल रियर क्यामेरासहित एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी

उपभोक्तालाई आरामदायी र त्रुटिरहित प्रयोग गराउने उद्देश्यले एफ सिरिजमा उत्कृष्ट सेल्फी फङ्कसनका साथै एफ११मा विभिन्न नयाँ प्रविधिसहित राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियन्ट डिजाइनलगायत सुविधा उपलब्ध गराएको ओप्पोको दाबी छ ।

काठमाडौं । ओप्पोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोनअन्तर्गत ओप्पो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । ओप्पोको रियर क्यामेरामार्फत ब्रिलियन्ट पोट्रेट लिन मिल्ने ४८ मेगा पिक्सल्सको अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गराएको बताएको छ ।

उपभोक्तालाई आरामदायी र त्रुटिरहित प्रयोग गराउने उद्देश्यले एफ सिरिजमा उत्कृष्ट सेल्फी फङ्कसनका साथै एफ११मा विभिन्न नयाँ प्रविधिसहित राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियन्ट डिजाइनलगायत सुविधा उपलब्ध गराएको ओप्पोको दाबी छ ।

सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट पोट्रेटतिर

सेल्फीका लागि लोकप्रिय सेल्फी एक्स्पर्ट तथा लिडर ओप्पोले पहिलो पटक स्मार्टफोन फोटोग्राफीमै सर्वाधिक लोकप्रिय फङ्कसनका रुपमा लिइएको सेल्फी उपलब्ध गराएको थियो ।

यसै क्रममा कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थ अफ फिल्ड इफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनका साथमा उपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप फिचर उपलब्ध गराउँदै ओप्पोको एफ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उँचाइ र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ ।

४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज+ कम प्रकाश भएका स्थानमा तस्विरका लागि अल्ट्रा–क्लियर नाइट मोड

ओप्पोको शक्तिशाली क्यामेरा प्रविधि सुसज्जित एफ११ र एफ११ प्रो दुवैमा एफ सिरिजअन्तर्गतको अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छ । परिस्कृत रियर क्यामेरासहितको ओप्पो एफ११ र एफ११ प्रोमा अल्ट्रा–हाई स्ट्यान्डर्ड ४८एमपी+५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ ।

पर्याप्त प्रकाशका लागि यसमा एफ१.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुप भीसीएम, ६पी लेन्स र १÷२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएका छन् । दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्बिर खिच्न सक्छन् । कम प्रकाश भएका स्थानमा एफ११को टेट्रा सेल प्रविधिले चार एड्जसेन्ट पिक्सेलद्वारा सङ्कलित डाटाको परीक्षण र सम्मिश्रणपश्चात् १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटोसेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाई थप चहकिलो र कम न्वाइजसहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।

एफ११ र एफ११ प्रो दुवैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ फोटोग्राफीकै लागि विकसित ओप्पोको सिष्टम लेभल अप्टिमाइजेसन सोल्युसन उपलब्ध गरिएको छ ।

अल्ट्रा–नाइट मोडले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै राति खिँचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ । हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजनमार्फत ओप्पो एफ११ र एफ११ प्रोले अद्वितीय क्यामेरा क्षमता प्रदान गर्दै आफ्ना अविस्मरणीय क्षण रेकर्ड गर्न सक्षम बनाउँछ ।