नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वङ्गाल ट्रेड एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको कलकत्तामा भएको एक कार्यक्रमबीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सकातर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र कन्फेडेरेसन अफ वेष्ट वङ्गाल ट्रेड एसोसिएसनकातर्फबाट अध्यक्ष शुसिल पोद्धारले हस्ताक्षर गरे ।
समझदारीपत्रमा भएको हस्ताक्षर कार्यक्रममा नेपालकातर्फबाट भारतको कलकत्ताका लागि महावाणिज्यदूत एकनारायण अर्याल, वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी र नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत सहभागी थिए ।
समझदारीपत्रमा भएको हस्ताक्षरपछि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानी गर्न भारतीय पक्षसँंग आग्रह गरे । उद्योगलगायत पर्यटन क्षेत्रमा लगानीका लागि उनले भारतीय पक्षसँंग विशेष अनुरोध गरे ।
उनले नेपाल र भारतबीचको व्यापार व्यवसाय प्रबद्र्धनका लागि काठमाडौंदेखि भारतको कलकत्तासम्मको हवाई उडानको संख्या बृद्धि आवश्यक भएकोमा जोड दिए । समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी वढ्ने विश्वास गरिएको छ ।