आयात निर्यात निर्देशिकाअनुसार खाद्यवस्तु आयात गर्नुपूर्व अनुमति लिनु पर्ने व्यवस्था छ । विभागले दोस्रो त्रैमासिकमा कागजात नमिलेका, मापदण्ड नपुगेका, आयात प्रतिबन्ध लागेका तथा लेबल नभएका विभिन्न ४४ ओटा खाद्यवस्तुको आयात अनुमति अस्वीकृत गरेको हो ।
काठमाडौं । खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा ६,०८० ओटा खाद्यवस्तुका लागि आयात अनुमति जारी गरेको छ । विभागले विभिन्न कारण ४४ ओटा वस्तुको आयात अनुमतिलाई अस्वीकृत गरेको बताएको छ ।
आयात निर्यात निर्देशिकाअनुसार खाद्यवस्तु आयात गर्नुपूर्व अनुमति लिनु पर्ने व्यवस्था छ । विभागले दोस्रो त्रैमासिकमा कागजात नमिलेका, मापदण्ड नपुगेका, आयात प्रतिबन्ध लागेका तथा लेबल नभएका विभिन्न ४४ ओटा खाद्यवस्तुको आयात अनुमति अस्वीकृत गरेको हो ।
यस अवधिमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट आयातित खाद्यवस्तुको नियमनका क्रममा दस हजार चार सय ५६ नमुना जाँच परीक्षण गरिएका छन् । परीक्षण गरिएकामध्ये तेल, बिस्कुट, गुलियो, क्यान्ड मिट, नुडल्स, क्यान्ड फिस, सस, फुड प्रिजर्भ, ललिपप गरी जम्मा १५ नमुना प्रतिकूल पाइएका कारण आयात रोक्का गरिएको विभागले जानकारी दिएको छ ।
यसै अवधिमा विराटनगर, हेटौंडा, धनगढी, उदयपुर, काभ्रे, सुर्खेत, राजविराज, सर्लाही, दमौली, काठमाडौं, पोखरा, चितवन र बाग्लुङमा जम्मा दुई सय १२ होटल/रेस्टुरेन्टको स्तरीकरण गरिएको विभागले जानकारी दिएको छ । जसमा तीन ओटाले अति उत्तम, २५ ओटाले उत्तम र ८० ओटाले सन्तोषजनक र १०४ ओटाले सामान्यस्तर प्राप्त गरेका छन् ।