बिमक संघ अध्यक्षमा दीपप्रकाश पाण्डे निर्वाचित

संघको उपाध्यक्षमा नूरप्रताप प्रधान चयन भएका छन् । प्रधान लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ हुन् । सचिवमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ चंकी क्षेत्री चयन भएका छन् ।

काठमाडौं । नेपाल बिमक संघको अध्यक्षमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डे निर्वाचित भएका छन् । संघको साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा नूरप्रताप प्रधान चयन भएका छन् । प्रधान लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ हुन् । सचिवमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ चंकी क्षेत्री चयन भएका छन् ।

कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका युगेशभक्त बादे श्रेष्ठ निर्वाचित भएको संघले जनाएको छ । कार्यसमिति सदस्यमा सुनिलबल्लभ पन्त, सन्चित बर्जाचार्य, कुमारबहादुर खत्री, सुवोधलाल श्रेष्ठ निर्वाचित भएका छन् ।