सोमबार छापावाल सुन प्रतितोला ५७ हजार २ सय र तेजाबी सुन प्रतितोला ५७ हजार ९ सयमा खरिदबिक्री भएको थियो ।
नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ५७ हजार २ सय र तेजाबी सुन प्रतितोला ५७ हजार ९ सयमा खरिदबिक्री भएको थियो ।
मङ्लबार ६ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँ र तेजबी सुन ४ सय रुपैयाँ बढेर प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
चाँदी भने प्रतितोला ५ रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।