भ्यालेन्टाइन्स डेमा टीभीएसको नयाँ अफर

अफरअन्तर्गत ग्राहकले कुनै पनि टीभीएस स्कुटर, जेस्ट, जुपिटर खरिद गर्दा ५ हजार रुपैयाँ नगद छुट र भाग्यशाली विजेतालाई साप्ताहिक बम्पर उपहार आदि व्यवस्था गरिएको छ ।

नेपालका लागि टीभीएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक टीभीएसले भ्यालेन्टाइन डेलाई लक्ष्य गरेर नयाँ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले कुनै पनि टीभीएस स्कुटर, जेस्ट, जुपिटर खरिद गर्दा ५ हजार रुपैयाँ नगद छुट र भाग्यशाली विजेतालाई साप्ताहिक बम्पर उपहार आदि व्यवस्था गरिएको छ ।

यो योजना सीमित अवधिका लागि फेब्रुअरी ५ देखि मात्र सुरु भएको हुने कम्पनीले जानकारी दिएको छ । टीभीएस जुभिटर क्लासिक खरिद गर्ने ग्राहकले नगद छुट नपाउने कम्पनीको भनाइ छ । तर साप्ताहिक बम्पर उपहारमा सहभागी हुन पाउनेछन् । स्कुटर र मोटरसाइकलको खरिदमा बम्पर उपहारअन्तर्गत एउटा हीराको रिङ जित्ने अवससर रहेको कम्पनीले जानकारी दिएको छ ।