भारतमा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेस्टमेन्ट बैङ्क –एनआईबीएल) र भारतस्थित एक्सेस बैङ्कबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ । भारतमा रहेका नेपालीसँग पैसा हुँदा पनि आवश्यक पर्दा नेपालमा रहेका परिवार तथा आफन्तले रकम लिन नसक्दा समस्यामा परेकाहरुलाई एनआईबीएलको विप्रेषण सेवा ‘पृथ्वी रेमिट’मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
नेपालीहरुले भारतस्थित एक्सेस बैङ्कको कुनै पनि शाखामा गएर एकपटक फाराम भरेपछि बैङ्कले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्नेछन् । प्रत्येक महिना ५० हजार रुपैयाँका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ । एक्सेस बैङ्कबाट पठाएको पैसा एनआईबीएलको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका आठ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट तुरुन्त प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।