हुवावेका तीन ओटा स्मार्टफोन सार्वजनिक हुँदै

आइतबारदेखि सुरु भएको चार दिने ‘नेपाल मोबाइल कङ्ग्रेस २०१९’ मा कम्पनीले हुवावेका तीन ओटा स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । कम्पनीले हुवावे पी ३०, हुवावे पी ३० प्रो र हुवावे पी ३०लाइट सार्वजनिक गर्न लागेको हो ।

काठमाडौं । हुवावेले आज आइतबार नेपालमा तीन ओटा स्मार्टफोन सार्वजनिक गर्दैछ । हिमालय होटलमा आइतबारदेखि सुरु भएको चार दिने ‘नेपाल मोबाइल कङ्ग्रेस २०१९’ मा कम्पनीले हुवावेका तीन ओटा स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । कम्पनीले हुवावे पी ३०, हुवावे पी ३० प्रो र हुवावे पी ३०लाइट सार्वजनिक गर्न लागेको हो ।

हुवावे पी ३० स्मार्टफोनमा उत्कृष्ट क्यामेरा क्वालिटी छ । यसमा अप्टिकल जुम र नाइट मोड फिचर छन् । ब्याक सेटअपमा तीन ओटा क्यामेरा छन् । यसमा ४० मेगा पिक्सल्सको लेन्स छ । २०४,८०० आईएसओ भएको क्यामेराले अँध्यारोमा पनि तस्बिर निकाल्न सक्छ । यसमा भएको फ्रन्ट सेल्फी क्यामेरामा ३२ मेगा पिक्सल्सको लेन्स छ । यसको ६.१ ओलेड हुवावे डिउड्रप डिस्प्लेले फराकिलो र राम्रो भ्यूको अनुभव दिन्छ । हातमा सजिलै अटाउन सक्ने आकारको यो फोनमा अनलक गर्न फिङ्गरप्रिन्ट सेन्सर छ । यसमा आठ जीबी र्याम तथा १२८ जीबी मेमोरी स्टोरेज छ । नेपालमा यसको मूल्य ८४ हजार ९ सय रुपैयाँ तोकेको बम्पनीले बताएको छ ।

आजै सार्वजनिक हुने पी ३० लाइट विश्व बजारमा २०१९ मार्चमा लन्च भएको हो । यसको ब्याक सेटअपमा तीन ओटा क्यामेरा छन् । जसमध्ये एउटा २४ मेगापिक्सल्स, अर्को ८ मेगा पिक्सल्स र अर्को दुई मेगा पिक्सल्सको छ । यसमा भएको आईएसओ ४०९,६०० ले अध्याँरोमा पनि फोटो लिन मद्दत गर्छ । यसमा नन रिमुभेबल लीपीओ ३३४० एमएएच ब्याट्री छ । यसमा इन्टरनल स्टोरेज १२८ जीबी र र्याम ६ जीबी छ । यो सिङ्गल र हाईब्रिड डुअल सिम दुवैमा उपलब्ध छ । नेपालमा यसको मूल्य ३८ हजार ९९० पर्छ ।

हुवावेको पी ३० प्रो उत्कृष्ट स्मार्टफोन हो । यसको डिस्प्ले ओलेड क्यापासिटिभ टचस्क्रिन, १०८०बाई२३४० पिक्सल्सको रेज्युलेसन छ । आठ जीबी र्याम भएको यो फोन १२८, २५६ र ५१२ जीबी इन्टरनल स्टोरेज क्षमतामा उपलब्ध हुने छ । यसमा पनि फिङ्गरप्रिन्ट सेन्सर छ । यसको ब्याट्रीको इन्ड्युरिङ रेट सय एच छ । यसमा नन रिमुभेवल एलआई पीओ ४२०० एमएएच ब्याट्री छ । यसमा १० एक्स डिजिटल जुम, अटो फ्लास, फेस डिटेक्सन, टच टु फोकस फिचर भएको क्यामेरा छ । कम्पनीले नेपालमा यसको मूल्य एक लाख १९ हजार ९०० तोकेको छ ।