एयरपोर्टका व्यवसायी सुवास श्रेष्ठले प्रहरीको संरक्षणमा अवैध डलर र मानव तस्करी गर्दै आएको खुलासा

स्रोत भन्छ, श्रेष्ठले बिगतमा पनि डलर तस्करी गर्दै आएको खुलेको छ, उच्च प्रहरी अधिकारीसँगको मिलोमतोका कारण प्रहरीले पक्राउ गर्न सकेको देखिएन । श्रेष्ठले बिमानस्थलबाट हुने अवैध डलरदेखि मोटो रकम लिएर भिजिट भिसामा खाडीमा जानेलाई समेत सेटिङ्गमा पठाउदै आएका थिए ।

काठमाडौं । गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित पक्राउ परेका व्यापारी सुवास श्रेष्ठले उच्च प्रहरी अधिकारीसंगको सेटिङ्गमा विदेशी मुद्रा कारोबारका साथै कामदारलाई भिजिट भिसामा खाडी पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

शुक्रबार परिवार लिएर बैकक जान लागेका श्रेष्ठलाई प्रहरीले विदेशी मुद्रासहित पक्राउ गरेको थियो । बिमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीको ठाडो निर्देशनमा उनलाई छाडिएको थियो ।

सञ्चार माध्यममा पक्राउपछि छाडिएको समाचार आएपछि एसएसपी भण्डारीले श्रेष्ठलाई फेरी नाटकीय शैलीमा परिवार सहित पक्राउ गरेका थिए । श्रेष्ठ पक्राउ परेको बारे एसएसपी भण्डारीले शनिबार बिहान प्रेश विज्ञप्ती जारी गर्न लगाएका थिए ।

विभिन्न देशका अवैध मुद्रासहित पक्राउ परेका श्रेष्ठलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान बिभागमा बुझाएको छ । राजश्व अनुसन्धान बिभागले उनलाई ५ दिनको म्याथ थप गरी अनुसन्धान थालेको बिभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए ।

प्रहरीले श्रेष्ठको साथबाट २२ हजार थाइ भाट, १५०, युरो १ हजार ३८०, अमेरिकी डलर १० हजार र चिनीयाँ युआन ८० हजार बरामद गरेको थियो ।

को हुन श्रेष्ठ ?

काठमाडौं मित्रपार्क निवासी श्रेष्ठ बिमानस्थलमै कान्तिपुर क्याफे चलाउदै आएका छन । लामो समयदेखि श्रेष्ठले विमानस्थलको पार्किङ्ग एरियामा र बिमानस्थल भित्र क्याफे संचालन गर्दै आएका हुन । श्रेष्ठले लामो समयदेखि उच्च प्रहरीको मिलोमतोमा विदेशी मुद्रासहित बिमानस्थलमा विभिन्न सामानको तस्करी गर्दै आएको अनुसन्धानबाट खुलेको स्रोतले जानकारी दियो ।

स्रोत भन्छ, श्रेष्ठले बिगतमा पनि डलर तस्करी गर्दै आएको खुलेको छ, उच्च प्रहरी अधिकारीसँगको मिलोमतोका कारण प्रहरीले पक्राउ गर्न सकेको देखिएन । श्रेष्ठले बिमानस्थलबाट हुने अवैध डलरदेखि मोटो रकम लिएर भिजिट भिसामा खाडीमा जानेलाई समेत सेटिङ्गमा पठाउदै आएका थिए ।

लामो समयदेखि बिमानस्थलमा कार्यरत एक अधिकारीका अनुसार अध्यागमले भिजिट भिसामा जानेहरुलाई जतिसुकै टाईट गरेपछि पनि बलियो सेटिङ्गका कारण प्रभाव परेको थिएन ।

क्यापीटल नेपालसँग कुरा गर्दै ती अधिकारीले भने ‘श्रेष्ठ बिमानस्थल सेटिङ्गका वादशाह नै हुन । अरुको सेटिङ्ग फेल खाएपनि उनकों कहिल्यै फेल खाएन । तल्लो दर्जाका कर्मचारी र प्रहरीलाई उनले टेर्दैन थिए ।

बिमानस्थलको सुरक्षा घेरा पार गरेर उनको कफी सपमा पुगिन्छ, तर उनको पसलमा जाने सामानमा कुनै चेकिङ्गं समेत नहुने गरेको स्रोतले जानकारी दियो । श्रेष्ठको सेटिङ्गं बारे धेरैलाई जानकारी छ, तर प्रहरी पहुच भएका कारण उलाई हतपत समाउने कसैको आँट हुदैन थियो, स्रोतले भन्यो ।