कम्पनीले नयाँ फोनको विवरणबारे विस्तृत रुपमा खुलासा गरेको छैन । तर यसको मूल्य ३५ हजारसम्म पर्न सक्ने अनुमान अन्तर्राष्ट्रिय मिडियाहरुले लगाएका छन् । यति चलेका खबरहरु सत्य प्रमाणित भए भने ग्यालेक्सी ए९० बेजल लेस डिजाइनसहितको कम्पनीको पहिलो स्मार्टफोन हुनेछ ।
एजेन्सी । सामसुङले अप्रिल १० मा आफ्नो ‘ग्यालेक्सी इभेन्ट’ मा नयाँ ग्यालेक्सी ए ९० स्मार्टफोन सार्वजनिक गर्दै छ । सामसुङले यो फोनलाई प्रमुख सहरहरु बैङ्कक, मिलान र साओ पावलोमा लन्च गर्दै छ ।
कम्पनीले नयाँ फोनको विवरणबारे विस्तृत रुपमा खुलासा गरेको छैन । तर यसको मूल्य ३५ हजारसम्म पर्न सक्ने अनुमान अन्तर्राष्ट्रिय मिडियाहरुले लगाएका छन् । यति चलेका खबरहरु सत्य प्रमाणित भए भने ग्यालेक्सी ए९० बेजल लेस डिजाइनसहितको कम्पनीको पहिलो स्मार्टफोन हुनेछ ।
यसमा ६.७ इन्चको एफएडडी प्लस १०८०८२४०० एमोलेड डिस्प्ले रहेको छ । यसमा फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ । यसमा तीन ओटा क्यामेरा उपलब्ध हुनेछन्, जसमा एउटामा ४८ मेगापिक्सेल्स, अर्कोमा ८ मेगापिक्सेल्स र एउटा टाइम अफ फ्लाइट (टीओएफ) सेन्सर हुनेछ । यसको फ्रन्टमा रोटेटिङ क्यामेरा हुनेछ ।
यसमा ३७०० एमएएचको ब्याट्री रहेको छ ।