यी पाँच सस्ता कारमा पाइन्छ लेटेस्ट पाइडल गियर शिफ्टर प्रविधि

पछिल्लो वर्ष लन्च भएको सेकेन्ड जेनेरेसन होन्डा अमेजको पेट्रोल र डिजल भेरियन्टमा सीवीटी गियरबक्सको फिचर दिइएको थियो । तर, कम्पनीले यो सेग्मेन्टमा पहिलो पटक पेट्रोल इन्जिनका साथ पाइडल शिफ्टरको फिचर दिँदैछ । यसको फाइदा ट्राफिक जाममा तपाइँलाई पटक पटक स्टियरिङबाट हात हटाउनु पर्दैन ।

एजेन्सी । पछिल्ला केही वर्षदेखि अटोमेटिक ट्रान्समिसन भएका कारको ट्रेन्ड बढेको छ । यसै कारण ट्राफिक जाममा पटक पटक गियर परिवर्तन गर्नु पर्दैन । कार निर्माता सामान्यतया सस्ता कारमा सीवीटी वा डीएसजीको सट्टा एएमटी या टर्क कन्भर्टर युनिट लन्च गर्दै छन् । किनभने त्यसको मूल्य कम हुन्छ । त्यस्तै होन्डालगायत धेरै कार कम्पनीहरु अटोमेटिक गियरबक्सका साथ पाइडल शिफ्टर पनि लन्च गर्दै छन् ।

पछिल्लो वर्ष लन्च भएको सेकेन्ड जेनेरेसन होन्डा अमेजको पेट्रोल र डिजल भेरियन्टमा सीवीटी गियरबक्सको फिचर दिइएको थियो । तर, कम्पनीले यो सेग्मेन्टमा पहिलो पटक पेट्रोल इन्जिनका साथ पाइडल शिफ्टरको फिचर दिँदैछ । यसको फाइदा ट्राफिक जाममा तपाइँलाई पटक पटक स्टियरिङबाट हात हटाउनु पर्दैन । अमेजको १.२ लिटरको आई विटेक इन्जिनले ९० पीएसको पावर र ११० एनएमको टर्क दिन्छ । साथै यसले पेट्रोल सीवीटी गियरबक्सको साथमा १९ किमि प्रतिलिटरको माइलेज दिन्छ ।

होन्डाको कार ज्याजको पेट्रोल भेरियन्टले सात स्पिड सीवीटी गियरबक्स अफर गर्दैछ । यसमा स्टियरिङको पछाडि पाइडल शिफ्ट प्रदान गरिएको छ जसले चालकलाई स्पोर्टी अनुभव गराउँछ । सीवीटी गियरबक्सका साथ पाइडल शिफ्टर मिड सेग्मेन्टबाट सुरु भएको छ । ज्याजको पेट्रोल इन्जिन १.२ लिटरको आई विटैक इन्जिनले १९ किमि प्रतिलिटरको माइलेज दिन्छ । यसले ९० पीएसको पावर र ११० एनएमको टर्क दिन्छ ।

फोर्डले इकोस्पोर्टको पेट्रोल भेरियन्टमा मात्र अटोमेटिक ट्रान्समिसन प्रदान गरेको छ । यसमा ६ स्पिड एएमटी गियरबक्सका साथ पाइडल शिफ्टरको फिचर पाइन्छ । यसलाई स्टियरिङ ह्वीलको पछाडि राखिएको छ । साथै कम्पनीले गियरबक्समा केही परिवर्तन ल्याएको छ जसबाट यसको माइलेज त बढ्छ नै साथै भाइब्रेसन पनि कम हुन्छ । १.५ लिटरको डड्रैन सिरिजको पेट्रोल इन्जिनले १२३ पीएसको पावर र १५० एनएमको टर्क दिन्छ । एएमटी गियरबक्सका साथ इकोस्पोर्टले १४.८ किमि प्रतिलिटरको माइलेज दिन्छ ।

होन्डाले यो प्रविधिलाई भरपुर प्रयोग गरिरहेको छ । होन्डा बीआर विको पेट्रोल भेरियन्टमा सात स्पिड सीवीटी गियरबक्सका साथ पाइडल शिफ्टको फिचर पनि पाइन्छ । बीआर वी भेरियन्टमा यो फिचर दिइएको छ । यसको १.५ लिटरको इन्जिनले ११९ पीएसको पावर र १४५ एनएमको टर्क दिन्छ । त्यस्तै यसले १६ किमि प्रतिलिटरको माइलेज दिन्छ ।

मिड साइज सेडानमा होन्डा सिटी बेजोडको छ । सिटीको पेट्रोल भेरियन्टमा सात स्पिड सीवीटी गियरबक्सका साथ पाइटर शिफ्टर दिइएको छ । सिटीको बेस भेरियन्टलाई छोडेर बाँकी सबै भेरियन्टमा सीवीटी गियरबक्स पाइन्छ । सिटीमा १.५ लिटरको आई वीटैक इन्जिन छ । जसले ६६०० आरपीएममा ११९ पीएसको पावर र ४६०० आरपीएममा १४५ एनएमको टर्क दिन्छ । यसले प्रतिलिटर १८ किमि माइलेज दिन्छ ।