फेसबुकले ‘फ्याक्ट चेक सेन्टर’ स्थापना गर्दै, फेक अकाउन्ट र भ्रामक समाचार ब्लक गरिदिने

उनले उक्त वास्तविकता चेक गर्ने सेन्टरले फेक अकाउन्टलाई ब्लक गर्ने र हटाउने, गतल सूचनाको प्रसारविरुद्ध गर्न नदिने, चुनावमा विदेशी हस्तक्षेपको प्रयासलाई पहिचान गर्ने र सम्पूर्ण अनाधिकृत अभियानविरुद्ध कारावाही लिने बताएका छन् ।

एजेन्सी । भारतको आम चुनावको पहिलो राउण्ड सुरु हुन करिब ७२ घण्टामात्र बाँकी रहेको अवस्थामा फेसबुकले झुटा समाचार, गतल सूचना, घृणा फैलाउने विचार र मतदातालाई दबाब दिने किसिमका सामाग्रीहरुलाई चेक गर्न फेसबुकले तीन ओटा महादेशभरी इन्जिनियर, अपरेशन विशेषज्ञ र डेटा वैज्ञाकिहरुको टोली निर्माण गरेको छ । यो टोलीले चुनावको संघारमा पोस्ट हुने भ्रामक समाचार र तथा सूचनाहरुको पुष्टि गर्नेछ ।

फेसबुले भारतलाई आफ्नो ठूला बजारहरुमध्येको एउटा महत्वपूर्ण बजारको रुपमा हेर्दै आएको छ । उसको सम्पूर्ण युजर बेसमध्ये करिब २० प्रतिशत भारतको रहेको छ । करिब १८ महिनाअघि फेसबुकले आफ्नो प्लेटफर्मभरि लोकसभा चुनावमा पर्न जाने खतराबारे मूल्यांकन गर्न र विस्तृत योजना बनाउन दर्जनौं टिमसँग भारत र विश्वभरी काम सुरु गरेको छ ।

भारतका लागि फेसबुकका व्यवस्थापक निर्देशक तथा उपाध्यक्ष अजित मोहनले आफ्नो ब्लग पोस्टमार्फत यसै हप्ता सिंगापूर र डब्लीनमा यो क्षेत्रका लागि नयाँ क्षेत्रीय अपरेशन सेन्टर स्थापना गर्ने बताएका हुन् । उनले उक्त वास्तविकता चेक गर्ने सेन्टरले फेक अकाउन्टलाई ब्लक गर्ने र हटाउने, गतल सूचनाको प्रसारविरुद्ध गर्न नदिने, चुनावमा विदेशी हस्तक्षेपको प्रयासलाई पहिचान गर्ने र सम्पूर्ण अनाधिकृत अभियानविरुद्ध कारावाही लिने बताएका छन् ।

भारतमा कुनै पनि व्याक्तिले फेसबुकमा राजनीति सम्बन्धित विज्ञापन दिनु परेमा उसले पहिले आफ्नो पहिचान, स्थान र विज्ञापनका लागि पैसा तिर्ने र प्रकासन गर्ने व्याक्तिको विवरण उपलब्ध गराउनु पर्छ । गत हप्ता फेसबुकले भारतका नीति उल्लंघ गर्ने र अनाधिकृत स्वभाव देखाउने करिब सात सय ग्रुप, पेज र अकाउन्टहरुलाई हटाएको घोषणा गरेको थियो ।