यूएईमा पनि पब्जी बन्द गर्नुपर्ने माग, अर्को बालकको पनि गयो ज्यान

भारतका कतिपय राज्यलगायत अन्य देशहरुले यसलाई प्रतिबन्ध पनि लगाइसकेका छन् । नेपालमा पनि यसको प्रभाव अहिले निकै देख्न मिलेको छ । अभिभावक तथा विद्यालय प्रशासनहरुले केही समयअघि प्रहरीमा खेलमाथि प्रतिबन्ध लगाइदिन निवेदन गरेको खबर आउने गरेको थियो । तर अहिले यो खबर दैनिकीझैं सामान्य बन्न थालिसकेको छ ।

एजेन्सी । अनलाइन भिडियो गेम पब्जी अर्थात् प्लेयर अननोन्स ब्याटल ग्राउन्ड (पब्जी)को लत युवा र बालबालिकामा यसरी बसिदियो कि यसले विश्वव्यापी हैजाको रुप नै धारण गरेको छ । अहिले यो खेलमाथि प्रतिबन्ध लगाउन विश्वभर जोडदार माग उठिरहेको छ ।

भारतका कतिपय राज्यलगायत अन्य देशहरुले यसलाई प्रतिबन्ध पनि लगाइसकेका छन् । नेपालमा पनि यसको प्रभाव अहिले निकै देख्न मिलेको छ । अभिभावक तथा विद्यालय प्रशासनहरुले केही समयअघि प्रहरीमा खेलमाथि प्रतिबन्ध लगाइदिन निवेदन गरेको खबर आउने गरेको थियो । तर अहिले यो खबर दैनिकीझंै सामान्य बन्न थालिसकेको छ ।

यसैबीच विश्व स्वास्थ संगठनले पनि अनलाइन भिडिया गेमको लतलाई वैधानिक मानिस स्वास्थ्य समस्या भनी आधिकारिक रुपमा पहिचान गरिसकेको छ । नेपालमा यस गेममाथि प्रतिबन्धको माग उठिरहँदा छिमेकी मुलुक भारतका गुजरात पहिलो भारतीय राज्य बनेको छ जसले यो पब्जी खेललाई त्यहाँका प्राथमिक तहका विद्यालयमा पूर्ण रुपमा प्रतिबन्ध लगाइसकेको छ । पब्जी विभिन्न दुर्घटनाका शृङ्खलाहरु घटिरहेको समाचारहरुबीच भर्खरै दक्षिण भारतको हैदरावाद राज्यमा बस्ने एक जना १६ वर्षे बालकले पब्जी खेल्न नपाएको निहुँमा आत्महत्या गरेका छन् । अङ्ग्रेजी विषयको परीक्षा निकट रहेको समयमा पनि पब्जी खेलमै समय बिताएर सामाजिक सम्बन्ध, खेलकुद, सामाजिक क्रियाकलापलाई बेवास्ता गरेपछि अभिभावकले बालकलाई गाली गरेका थिए, जसको परिणामस्वरुप उसले आत्महत्या गरेको स्थानीय रिपोर्टहरुमा खबर छ ।

भारत र नेपालबाहेक पब्जीले युवामाथि खराब प्रभाव पारेको भन्दै यूएईमा पनि यसमाथि प्रतिबन्ध लगाउन आवाज उठेको खबर छ । दुबईमा एक जना अभिभावक गुल्नज अरिफ मौलाका अनुसार पब्जी खेलले उनको सन्तानलाई निकै आक्रामक बनाएको छ । र ऊ जित्न मात्र चाहन्छ, जसले गर्दा उसले पढाइलाई बेवास्ता गर्न थालेको छ । अर्की अभिभावक म्युना फारुख रुमानी पनि पब्जीलाई बन्द गर्नुपर्ने पक्षमा छन् । पब्जीले गर्दा सन्तानको पढाइ बिग्रेको र उनीहरुको घरबाहिरको क्रियाकलापमा शून्यता आएको उनको गुनासो छ ।