चोरीको गाडीसहित १ जना पक्राउ

चोरी भएको बा ६ च ४४२५ नम्बरको सामान ढुवानी गर्ने डीआई गाडीसहित ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित आकाशेपुल मुनीबाट प्रहरीले चोरी भएको गाडीसहित एक जनालाई पक्राउ गरेको छ । चोरी भएको बा ६ च ४४२५ नम्बरको सामान ढुवानी गर्ने डीआई गाडीसहित ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त गाडी ललितपुर ग्वार्कोबाट चोरी भएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माछापोखरीबाट बीजी मलतर्फ सोही गाडीमा आउँदै गरेका चालक कमललाई गाडीसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।