क्याटर पिलरका उत्पादन मुख्य सहरमा

बतास ट्र्याक्टर्स प्रालिले क्याटर पिलर (क्याट)का उत्पादन मुलुकका सबैजसो प्रमुख सहरमा उपलब्ध गराएको छ । कम्पनीले क्याटर पिलरका एक्स्क्याभेटर, ह्विल लोडर, ब्याकहो लोडर ४२६, मोटर ग्रेडर, डोजरलगायत हेभी इक्विपमेन्ट काठमाडौँ, नारायणगढ, बुटवल, नेपालगन्ज, धनगढी, हेटौँडा, इटहरीलगायत सहरमा उपलब्ध गराएको छ । यी स्थानमा पर्याप्त स्पेयर्स पाटर््स र दक्ष प्राविधिकको ग्यारेन्टीसहित सेवा सुरु गरिएको छ ।

मुलुकभर २४ घन्टाभित्र दक्ष प्राविधिकसहितको सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अपरेटरहरुलाई ट्रेनिङका लागि ‘सिमुलेटर’को सेवासमेत उपलब्ध गराइरहेको छ । बतास अर्गनाइजेसनअन्तर्गतको बतास ट्र्याक्टर्स प्रालि अमेरिकी हेभी इक्विपमेन्ट ब्रान्ड क्याटर पिलरको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता हो ।