दक्षिण कोरिया देशभर ५जी नेटवर्क सेवा सुरु गर्ने पहिलो देश बनेको छ । यससँगै दक्षिण कोरियाका तीन ओटा मोबाइल सेवा प्रदायक एसके टेलिकम, केटी र एलजी युप्लसले सियोलभरि ग्यालेक्सी एस१० ५जी लन्च गर्ने कार्यक्रम आयोजना गरेका थिए ।
एजेन्सी । टेलिकम क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले शुक्रबार ग्यालक्सी एस१० ५जी स्मार्टफोन लन्च गरेको छ । नेटवर्कको पाँचौ जेनरेसनको सञ्चार प्रविधिमा आधारित यो पहिलो स्मार्टफोन हो ।
दक्षिण कोरिया देशभर ५जी नेटवर्क सेवा सुरु गर्ने पहिलो देश बनेको छ । यससँगै दक्षिण कोरियाका तीन ओटा मोबाइल सेवा प्रदायक एसके टेलिकम, केटी र एलजी युप्लसले सियोलभरि ग्यालेक्सी एस१० ५जी लन्च गर्ने कार्यक्रम आयोजना गरेका थिए ।
ग्यालेक्सी एस१० ५जीको बेस भर्सनको मूल्य १२ सय अमेरिकी डलर छ । यसमा इन्टर्याक्टिभ भच्र्युअल रियालिटी डिस्प्ले र रोबोट डेमोन्सट्रेसन छ । शुक्रबारबाट यो फोन दक्षिण कोरियामा बिक्रीका लागि खुला गरिदैँछ । सार्वजनिक बिक्री खुला गर्नुअघि कोरियाले केही प्रयोगकर्ताहरुका लागि यो ५जी सेवा प्रतिबन्ध लगाउँदैछ ।
अर्को प्रतिस्पर्धी कम्पनी एलजीले पनि यसै महिना दक्षिण कोरियामा आफ्नो ५जी फोन भी५० थिन्क लन्च गर्दैछ ।
अमेरिकी दूरसञ्चार प्रदायक कम्पनी भेरिजोन नेटवर्कले लेनोभो मोटो जेट३ मा आवश्यक विशेष उपकरण फिट गरी ५जी नेटवर्क सञ्चालन गर्नेछ ।