धमाधम एनएस पाउँदै ग्यास उद्योग

निकट भविष्यमै १२ उद्योगले पनि एनएस पाउँदै छन् । ति उद्योगमाथि विभागले निरीक्षण सकेको छ । पुडासैनीका अनुसार नेपालमा सञ्चालित ५५ ओटा ग्यास उद्योगमध्ये ४ ओटा यसअघि नै एनएस प्राप्त उद्योग हुन । त्यस बाहेक अहिले तीन ओटाले बिहीबार पाइसकेका छन् । १२ ओटा उद्योगमाथि निरीक्षण सकिएको छ । त्यसैगरी, अन्य केही उद्योगमाथि पनि निरीक्षणको तयारी चलिरहेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए ।

तीन नयाँ ग्यास उद्योगले नेपाल नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह् लिएका छन् । विभागले बिहीबार मेट्रो, जानकी र एनएल ग्यासलाई एनएस चिन्ह् उपलब्ध गराएको हो ।

सुरक्षाको सामान्य मापदण्ड समेत पूरा नगरेपछि विभागले ग्यास उद्योगमाथि धमाधम अनुगमन सुरु गर्न थालेपछि उद्योगीले एनएस लिन सक्रियता देखाएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

सुरक्षाको सामान्य मापदण्ड समेत पूरा नगरी ग्यास उद्योग सञ्चालन गर्नेमाथि सरकारले कडा रुपमा अनुगमन गरेपछि उद्योगीले सुरक्षाको मापदण्डलाई पूरा गर्न लागि परेको विभागले जनाएको छ ।

उनका अनुसार निकट भविष्यमै १२ उद्योगले पनि एनएस पाउँदै छन् । ति उद्योगमाथि विभागले निरीक्षण सकेको छ । पुडासैनीका अनुसार नेपालमा सञ्चालित ५५ ओटा ग्यास उद्योगमध्ये ४ ओटा यसअघि नै एनएस प्राप्त उद्योग हुन । त्यस बाहेक अहिले तीन ओटाले बिहीबार पाइसकेका छन् । १२ ओटा उद्योगमाथि निरीक्षण सकिएको छ । त्यसैगरी, अन्य केही उद्योगमाथि पनि निरीक्षणको तयारी चलिरहेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए ।

विभागले सबै ग्यास उद्योगलाई एनएस लिन बाध्यकारी बनाउँदै लगेपछि उद्योगी पनि अग्रसर भएर लागेका हुन् । यस अघिसम्म एनएस नलिए पछि ग्यास उद्योगीले उद्योग चलाएका थिए । तर, अहिले विभागले बाध्यकारी बनाएपछि धमाधम एनएन लिनका लागि विभागमा सबै उद्योगीले आवेदन समेत दिइसकेका छन् ।

उनका अनुसार यसअघि विभागले काभ्रेमा रहेका चण्डी, सुर्य, ओम, नमस्ते र सागर ग्यास उद्योगमाथि शिलबन्दी गरेको थियो । त्यसपछि उद्योगी आफ्नो उद्योगको सुरक्षा व्यवस्था मिलाउन लागिपरेका थिए । नेपाल, साइबाबा, श्रीकृष्ण र मनोज ग्यासले यस अघि नै विभागबाट एनएस लिइसकेका उद्योग हुन् ।