विश्व बजारमा ग्यालेक्सी ए९० र ए८० लन्च गर्दै सामसुङ

यो स्मार्टफोन सामसुङले बैङ्कक, मिलान, साओ पाओलोमा लाइभ स्ट्रिमिङ गरी लन्च गर्नेछ । सामसुङको ए सिरिजले यसअघिको जे सिरिजको स्थान लिने छ, जसले कम्पनीलाई निकै फाइदा दिएको थियो ।

एजेन्सी । सामसुङले आफ्नो ग्यालेक्सी ए सिरिजको नयाँ स्मार्टफोन आज विश्व बजारका लागि लन्च गर्दैछ । सामसुङले आफ्नो ग्यालेक्सी ए९० र ग्यालेक्सी ए८० लाई विभिन्न स्थानमा कार्यक्रम गरी एकै साथ लन्च गर्दैछ । यसअघि उसले ए सिरिजका ए३०, ए२० तथा ए१० लन्च गरिसकेको छ । सामसुङ ग्यालेक्सीको ए सिरिजमा ए७० र ए४० पनि छन् ।

यो स्मार्टफोन सामसुङले बैङ्कक, मिलान, साओ पाओलोमा लाइभ स्ट्रिमिङ गरी लन्च गर्नेछ । सामसुङको ए सिरिजले यसअघिको जे सिरिजको स्थान लिने छ, जसले कम्पनीलाई निकै फाइदा दिएको थियो ।

ए सिरिजको शीर्ष तहमा ए९०छ र त्यसपछि पालो आउँछ ए८० को । यी दुवैमा स्लाइडिङ क्यामेरा छन् । सामसुङको ग्यालेक्सी ए७० र ए४० यसअघि नै केही चयन गरिएका बजारमा लन्च भइसके पनि आज पुनः अन्य दुईसँगै विश्व बजारमा लन्च हुँदैछ ।

ए९० र ए८० स्मार्टफोनका फिचरबारे हालसम्म खुलासा भएको छैन । तर यसअघि केही बजारमा लन्च भएको ए७० र ए४० को फिचर भने बाहिर आइसकेको छ ।

ए७० मा ६.७ इन्च एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटि यू डिस्प्ले छ । यसमा ६ जीबी प्याक र आठ जीबी र्याम अप्सन छ । यसमा तीन ओटा क्यामेरा छन् जसमा एउटाको ३२ मेगा पिक्सल्स, अर्कोको ५ मेगापिक्सल्स डेप्थ र अर्कोमा ८ मेगा पिक्सल्स अल्ट्रावाइड सेन्सर छ । यसको फ्रन्ट क्यामेरामा ३२ मेगापिक्सल्स सेन्सर छ । तर, यसको मूल्यबारे हालसम्म सामसुङले घोषणा गरेको छैन ।

युरोपेली बजारमा २४९ युरोमा बिक्रीका लागि लन्च भइसकेको ग्यालेक्सी ए४०को ५.९ इन्च एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले छ । यसमा चार जीबी र्याम छ । यसको पछाडि दुइटा क्यामेरा छन् । एउटा १६ मेगा पिक्सल्सको छ । सेल्फीका लागि यसको अगाडिपट्टि २५ मेगा पिक्सल्सको क्यामेरा छ । यसमा ३१०० एमएएचको ब्याट्री छ ।