लगानी बोर्डले मोट्रेक्स मोटर कम्पनीलाई बोलायो, वार्ता गर्न ३ सदस्यीय टोली गठन

बोर्डले अर्थ मन्त्रालय र उद्योग मन्त्रालयका अधिकारी सम्मिलित ३ सदस्यीय वार्ता टोली गठन गरे लगतै काम अघि बढाउन छलफल गर्न बोलाएको हो । समिति गठन गरेको जानकारी गराउँदै उसलाई नेगोसियसनमा आउन भनेको बोर्ड स्रोतले जानकारी दियो ।

काठमाडौं । लगानी बोर्डले नेपालमा मोटर उत्पादनको प्रस्ताव गर्ने दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडलाई बोलाएको छ । बोर्डले अर्थ मन्त्रालय र उद्योग मन्त्रालयका अधिकारी सम्मिलित ३ सदस्यीय वार्ता टोली गठन गरे लगतै काम अघि बढाउन छलफल गर्न बोलाएको हो । समिति गठन गरेको जानकारी गराउँदै उसलाई नेगोसियसनमा आउन भनेको बोर्ड स्रोतले जानकारी दियो । मोट्रेक्सका प्रतिनिधि छिट्टै वार्ताका लागि आउने स्रोतको भनाई छ । ‘वार्तामा उसले राखेको प्रस्तावको विषयमा छलफल हुने छ’ स्रोतले भन्यो ‘नेगोसियसन राम्रो भए उ आउँन सक्ने सम्भावना देखिएको छ’ ।

मोटरेक्सले रुपन्देहीको मोतिपुरमा एसम्बल्ड मोटर प्लान्ट राख्ने तयारी गरेको छ । मोपटरेक्सले कर सहुलियत, ७ वर्षसम्म कम्पनीले उत्पादन गर्ने मोडेलको गाडी आयात बन्दको शर्त राखेको छ । उसले राखेको शर्तका विषयमा छलफल हुने स्रोतको भनाई छ । कम्पनीको वित्तीय अवस्था, अनुभव र १ हजार बढी नेपालीलाई रोजगारी दिने शर्तका आधारमा सम्भाव्यता अध्ययन गर्न दिएको बोर्डको भनाई छ ।

‘कोरियाबाट उत्पादन गरेर नेपालमा एसम्बल्ड गर्दा मूल्य अभिवृद्धि (भ्यालु एड) हुने देखेर सरकारले उसलाई सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको हो’ स्रोतले भन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३५ औं बैठकले नेपालमा गाडी उत्पादको कारखानाका लागि कोरियाली मोटेक्सलाई १० अर्ब ५४ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृति गरिसकेको छ ।