पब्जी खेल नेपालमा प्रतिबन्ध

महानगरीय अपराध महाशाखाले यो खेलले युवा तथा बालबालिकाहरुमा नराम्रो लत बसालेको र यसलाई बन्द गर्नु पर्ने आग्रह गरेपछि त्यस्तो निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले क्यापिटल नेपाललाई बताएका छन् ।

काठमाडौं । नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध लाग्ने भएको छ । खेलमाथि तत्काल प्रतिबन्ध लगाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

महानगरीय अपराध महाशाखाले यो खेलले युवा तथा बालबालिकाहरुमा नराम्रो लत बसालेको र यसलाई बन्द गर्नु पर्ने आग्रह गरेपछि त्यस्तो निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले क्यापिटल नेपाललाई बताएका छन् । बन्द हुने समय सेवा प्रदायकहरुको प्रक्रिया र प्रविधिमाथि निर्भर हुने अर्यालले बताए ।

नेपालमा पब्जी खेलमाथि अभिभावक तथा विद्यालयहरुमा व्यापक गुनासो बढ्न थालेपछि यसलाई बन्द गराउन प्रहरीमा धेरै उजुरी परेका थिए । उजुरी आएपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको हो ।

याे पनि पढ्नुहाेस् ।

पब्जी खेल्दाखेल्दै ६ बर्षिय बालक बेहोस, हेल्लो सरकारमा उजुरी बढ्दो क्रममा

पब्जीलाई प्रतिबन्ध लगाउन हेल्लो सरकारमा उजुरी !

यूएईमा पनि पब्जी बन्द गर्नुपर्ने माग, अर्को बालकको पनि गयो ज्यान