सोनीले लन्च गर्यो ६३ X ८१७ फुटको १६के डिस्प्ले

यो टेलिभिजनलाई जापानको योकोहास्थित कस्मेटिक्स ग्रुप सिसेइडो भवनमा राखिनेछ । ६३ फिट चौडाइ १७ फिट लम्बाइ आकारको यो टेलिभिजनले सो भवनको पहिलो र दोस्रो तल्ला ओगटेको छ ।

एजेन्सी । भर्खरै ‘८के’को प्रविधिमा प्रवेश गरेको विश्वलाई पछि पार्दै ‘१६के’ भिजुअल डिस्प्लेको घोषणा गरेर अत्याधुनिक प्रविधिको क्षेत्रमा सोनी कम्पनी एक कदम अगाडि आएको छ । सोनीले ‘१६के’ भिजुअल डिस्प्ले भएको टेलिभिजन लन्च गरेको हो ।

सोनीले यसलाई नेसनल एसोसिएसन अफ ब्रोडकास्टर्समा सोकेश गरेको थियो ।

यो टेलिभिजनलाई जापानको योकोहास्थित कस्मेटिक्स ग्रुप सिसेइडो भवनमा राखिनेछ । ६३ फिट चौडाइ १७ फिट लम्बाइ आकारको यो टेलिभिजनले सो भवनको पहिलो र दोस्रो तल्ला ओगटेको छ ।

‘८के’ नै पूर्णरुपमा विस्तार नभईसकेको अवस्थामा कतिले त ‘१६के’को भव्यता आफूले कल्पना पनि गर्न नसकेको बताएका छन् । डिजिटल वल्र्डलाई वास्तविकतामा ल्याउन यसको निर्माण कम्पनीले बताएको छ ।

सोनीले यो नयाँ प्रविधिलाई ‘क्रिस्टल एलईडी’ नाम दिएको छ । यसलाई ओएलईडीजस्तो ब्याकलाइट आवश्यकता पर्दैन ।

तर, यसमा भएको एउटा कमजोरी के छ भने बजारमा अहिलेसम्म ‘१६के’ रेज्युलेसनको क्यामरा प्राप्त नहुने भएका कारण यो टेलिभिजनमा प्रयोग हुने ‘१६के’ भिडियो फुटेज हालसम्म बनेको छैन । यसकारण कम्पनी आफैले यसका लागि फुटेज बनाउनु पर्नेछ, तर उसले यो कुन तरिकाबाट उत्पादन गर्छ त्यो हालसम्म स्पष्ट भएको छैन ।

‘१६के’ प्रविधि विश्वमा आइसके पनि यो अहिले नै उपलब्ध हुन्छ भन्ने छैन । विज्ञहरुका अनुसार यसलाई उपभोग्य वस्तुका रुपमा ल्याउनका लागि अझै दशकौं समय लाग्नेछ ।