विमानस्थलबाट सुन तस्करीः शैली फेर्दै सुन ल्याउँदै, अधिकांश तस्कर भारतीय नागरिक

तस्करहरुले अहिले शैली बदलेर सुन ल्याउन थालेका छन् । प्रहरीका अनुसार भन्सार छली गरेर सुन ल्याउने शैलीमा परिवर्तन आएको छ । त्यसरी सुन ल्याउनेमा नेपाली नभएर बिदेशी धेरै छन्, त्यसमा पनि धेरै भारतीय नागरिक देखिएका छन् ।

काठमाडौं । गत वर्ष ३३ किलो सुन कान्डपछि केही सुस्ताएको सुन तस्करी कार्य फेरि मौलाएको छ । पछिल्लो समयमा फरकफरक शैलीमा नेपाल भित्रिएको अवैध सुन प्रहरीले बरामद गरेपछि सुन तस्करी मौलाएको भन्ने कुराको पुष्टी भएको छ । गत वर्ष ३३ किलो सुन तस्करी र यसमा संलग्न सनम शाक्यको हत्या कान्डले देशै ततायो । उच्चस्तरीय छानविन टोलीको गठनपछि तैनाथ प्रहरी, अध्यागमन, भन्सार र विमानस्थल कर्मचारीको संयुक्त प्रयासमा सुन तस्करी नियन्त्रण कार्यलाई अभियानकै रूपमा अगाडि बढाइएको थियो ।

यो अभियानपछि केही समय रोकिएको सुन तस्करी फेरी मौलाएको छ । तस्करहरुले अहिले शैली बदलेर सुन ल्याउन थालेका छन् । प्रहरीका अनुसार भन्सार छली गरेर सुन ल्याउने शैलीमा परिवर्तन आएको छ । त्यसरी सुन ल्याउनेमा नेपाली नभएर बिदेशी धेरै छन्, त्यसमा पनि धेरै भारतीय नागरिक देखिएका छन् । उनीहरुले मुखदेखि मलद्वार अनि घडीदेखि बेल्ट बनाएर सुन तस्करी गर्ने गरेको देखिएको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ३ किलो भन्सार छलीको अवैध सुनसहित ३ जना चिनियाँ नागरिकलाई पक्राउ गर्यो । चीनको कुनमिङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत काठमाडौं आएका ३ जना चिनियाँ नागरिकबाट ३ किलो ३०० ग्राम भन्सार छली ल्याएको सुन बरामद भयो ।

प्रहरीले ४ जना भारतीय नागरिकबाट ६ किलो सुन बरामद गर्यो । स्टीलका बाला जस्तै देखिने गरी ६ किलो सुन ल्याएका थिए । बाहिरबाट झट्ट हेर्दा स्टील र रवरका जस्तै देखिने बालालाई प्रहरीले खोलेर हेर्दा भित्र सुन देखा पर्यो । प्रहरीको आँखा छलेको अनुसन्धानबाट खुल्यो ।

पर्यटक भिषामा नेपाल आएका उनीहरु अध्यागमनदेखि भन्सार पास गरेर बाहिर निस्कने प्रक्रियामा थिए । मेटल डिटेक्टर मेसिनबाट बाहिर निस्कँदा साईरन बज्यो, उनीहरुको शरिरमा धातु भएको संकेत गर्दै मेसिन कराउन थालेपछि भन्सारका कर्मचारीले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी बोलाए । सुरुमा उनीहरुले आफूहरुसँग केही नभएको भन्दै प्रहरीबाट उम्कीन खोजे तर गतिविधि ठिक नदेखेपछि प्रहरीले सिधै केएमसी अस्पताल लग्यो । एकसरे गर्न लगाएपछि उनीहरुको मलद्धारमा सुन छ भनेर पत्ता लाग्यो ।

त्यसपछि प्रहरीले उनीहरुको मलद्धारबाट ३ किलो ३०० ग्राम सुन निकाल्यो अहिले उनीहरुलाई राजश्व अनुसन्धान बिभागमा जिम्मा लगाइएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको विभागले जानकारी दिएको छ । त्यसैगरी चैत्र २१ गते प्रहरीले ४ जना भारतीय नागरिकबाट ६ किलो सुन बरामद गर्यो । थाई एयरलाईन्सबाट काठमाडौं आउँदै गरेका भारतीय नागरिकले स्टीलका बाला जस्तै देखिने गरी ६ किलो सुन ल्याएका थिए । बाहिरबाट झट्ट हेर्दा स्टील र रवरका जस्तै देखिने बालालाई प्रहरीले खोलेर हेर्दा भित्र सुन देखा पर्यो । प्रहरीको आँखा छल्न उनीहरुले रवर र स्टीलका बाला बनाएर सो सुन ल्याएको अनुसन्धानबाट खुल्यो ।

गत साउन १० गते थाइ एयरलाइन्सको फ्लाइट नम्बर ३१९ को उडान मार्फत बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक ३९ वर्षीय ईश्वर दास, हर्मिन्द्र बबेजा, अमृतपाल सिंह र अवतार सिंहलाई प्रहरीले पक्राउ गर्यो । सुटकेसको पाँग्रा बनाएर करिव १ किलो सुन ल्याएको भेटिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यसको केही दिनअघि नेपाल एयरलाइन्सको विमानमा दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक रिज्वान अब्दुल रज्जाकलाई प्रहरीले ३४८ ग्राम अवधै भन्सार छलीको सुन सहित पक्राउ गर्यो । रज्जाकले पाइन्टमा लुकाएर ल्याएको अवस्थामा उक्त सुन बरामद भएको थियो ।

त्यसैगरी गत साउन २ गत दुबईबाट काठमाडौं आउँदै एक भारतीय नागरिकबाट १ हजार ९६७ ग्राम सुन बरामद भयो । सुनलाई पगालेर झोल बनाएर त्यसको बेल्ड बनाएर शरिरमा बाधेर ल्याएको बेला प्रहरीले उक्त सुन बरामद गरेको थियो । प्रहरीले भारतीय नागरिक महेश रामचन्द्रलाई उक्त सुन सहित पक्राउ गरेको थियो ।

पछिल्लो सयममा भारतीय, र चिनियाँहरुले थुप्रै अवैध सुन नेपाल भित्र्याउने गरेका छन् । सुन तस्करी रोक्न विमानस्थलमा विषेश निगरानी राखिएको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी बताउछन् ।

त्यसैगरी साउन दोस्रो साता विमानस्थलबाट ३ किलो ६८० ग्राम सुनसहित दुईजना थाई नागरिकलाई प्रहरीले पक्राउ गर्यो । उक्त सुनसहित प्रहरीले थाई नागरिक रुथमस जकपारनीकुल र मिस प्रिमियम डेजाहो काचीलाई पक्राउ गरेको थियो । थाइ एयरको टिजी ३१९ नम्बरको फ्लाइटबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण उनीहरुले माला, बेल्ट, घडीको कभर, वाला बनाएर उक्त सुन नेपाल भित्रयाएका थिए ।

यी त केही उदाहरण मात्र हुन् । यसै गरी पछिल्लो सयममा भारतीय, र चिनियाँहरुले थुप्रै अवैध सुन नेपाल भित्र्याउने गरेका छन् । सुन तस्करी रोक्न विमानस्थलमा विषेश निगरानी राखिएको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी बताउछन् ।

‘विमानस्थलबाट हुने सुन तस्करीलाई रोक्न हामी गम्भीर छौँ, त्यही अनुसार सुरक्षा परिचालन गरेका छौं’, प्रवक्ता सुवेदीले क्यापीटल नेपालसँग कुरा गर्दै भने, पछिल्लो समयमा सुन तस्करीका शैली फेरीएका छन् । तस्करीको सुन मात्र हैन विमानस्थलबाट आउने अवैध सामान भित्रीन नदिन हामी गम्भीर छौँ’ प्रवक्ता सुवेदीले भने ।

यो पनि पढ्नुहोस् ।

विमानस्थलबाट ३ किलो सुन सहित ३ चिनियाँ नागरिक पक्राउ, मलद्धारबाट सुन निकालियो