२०७५ लाई फर्केर हेर्दा : ७५ चर्चित घटना, जसले सबैको ध्यान तान्यो

पुर्व राजदुतको हत्या, अख्तियार आयुत्तको घुस, निर्मला बलात्कार, हत्या, ३८ सय किलो सुन काण्ड जस्ता ठुला घटनाले वर्षैभरी सबैको ध्यान केन्द्रीत गर्यो ।

काठमाडौं । २०७५ साल भरीनै देशमा हत्या, अपहरण, भ्रष्टाचार तथा सुन तस्करीका घटनाले चर्चा पाए । पुर्व राजदुतको हत्या, अख्तियार आयुत्तको घुस, निर्मला बलात्कार, हत्या, ३८ सय किलो सुन काण्ड जस्ता ठुला घटनाले वर्षैभरी सबैको ध्यान केन्द्रीत गर्यो ।

बैशाख ६ गते गुण्डा नाईके सांसद दीपक मनाङ्गे पक्राउ परे । प्रदेश ४ को मनाङबाट प्रदेशसभा ख मा निर्वाचित स्वतन्त्र सांसद मनाङ्गेलाई सपथ खाने समयमा प्रहरीले पक्राउ गर्यो । अदालतको आदेशबाट पछि उनले सपथ लिए । २०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङ्गेलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । त्यही मुद्धामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनी पक्राउ परेका हुन् ।

चलचित्र निर्माता पक्राउ

७५ जेठमा प्रहरीले साढे २ करोड नक्कली नोटसहित चलचित्र निमार्ता माधव वाग्लेलाई पक्राउ गर्यो । प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नोट वाग्लेकै बागबजारस्थित कोठाबाट बरामद गर्यो । त्यो घटनाले केही समय निकै चर्चा पायो । उता वाग्लेले भने आफुले उक्त रकम चलचित्रका लागि बनाएको दाबी गरे । वाग्लेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा पठायो, पछि उच्च अदालत पाटनबाट धरौटीमा छुटे । उनको मुद्धा भने अहिले पनि जारी छ ।

३३ किलो सुन प्रकरण

२०७४ सालदेखि चर्चामा रहेको ३३ किलो सुन प्रकरण ०७५ सालमा आएर खुल्यो । उक्त घटना जोडिएका धेरैजसो पात्र समातिए । त्यसमा प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलादेखि बहालवाल एसएसपी दिवेश लोहनी लगाएत ९ जना प्रहरीलाई पक्राउ गरी मुद्धा चलायो । यो घटनाले पनि वर्षैभरी निकै चर्चा पायो ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैङ्क ठगी प्रकरण

७५असारमा एपेक्स डेभलपमेन्ट बैङ्क ठगी प्रकरणमा तत्कालीन एपेक्स बैकका संचालक तथा कर्मचारीहरु समेत गरी १३ जना पक्राउ परे । नेपाल क्रेडिट एन्ड कर्मश (एनसीसी) बैङ्कसंग मर्जर गर्नुअघि कमसल धितो राखेर बैङ्कलाई डेड अर्ब रुपैया नोक्सानी पुर्याएको भन्दै नेपाल राष्ट्र बैकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी) लाई अनुसन्धान गर्न दियो । सीआईवीले  तत्कालीन एपेक्सका अध्यक्ष विष्णुप्रसाद धितालसहित १३ जनालाई पक्राउ गर्यो ।

२०७२ मंसिर ११ गते एनसीसीसँग मर्जरमा जानु अघि एपेक्सले काठमाडौको दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरुबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैंकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ हानीनोक्सानी पुर्याएको अभियोग लगाएको छ ।

भक्तपुर इन्काउन्टर

साउन २० गते काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपहरणमा परे । अपहरणकारी भनिएका २३ वर्षीय अजय तामाङ र २२ वर्षीय गोपाल तामाङ प्रहरी इन्काउटरमा मारिए । उक्त इन्काउटर फेक भएको भन्दै निकै चर्चा चल्यो । महानगरीय अपराध महाशाखाले इन्काउन्टर गरेको थियो । अपहरणकारीको इन्काउन्टर हुँदासम्म बालक अपहरणको सिलशीला भने रोकिएन । बरु बढीनै भयो ।

मसिर ११ गते गंगबुबाट ८ वर्षीय बालक प्रयास कुँवरको अपहरण भयो । त्यसको केही समयमा नै हत्या गरियो । मित्रनगरमा रहेको स्वस्तिक त्रिवेणी गेष्ट हाउसमा रहेका बालकको हत्या होटेलमै काम गर्ने गाडी चालक २२ वर्षीय महेन्द्र सार्कीले गरेको प्रहरी अनुसन्धानमा खुल्यो ।

त्यसैगरी माघ ११ गते थापाथलीस्थित प्रस्तुति गृहकी डाक्टर बविता साहकी दुई वर्षीया छोरीको अपहरण परिन्् । कोटेश्वरको खरिबोट स्थित घरबाट बालिका अपहरणमा परेको करिव ८ घन्टाभित्र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बालिकालाई सकुशल उद्धार गर्न सफल भयो ।

अपहरणको अभियोगमा मनिष गुप्ता र उनकी श्रीमतीलाई नियन्त्रणमा लियो । गुप्ताले विदेश जाने सिलशीलामा आफ्नो फसेको रकम उठाउन बालिका अपहरण गरेको प्रहरीमा बयान दिए । काठमाडौमा मात्र होइन देशभरि २०७५ सालमा अपहरणका घटना भइरहे । कतै प्रहरी जिवितै उद्धार गर्न सफल भयो तर कतै प्रहरी संयन्त्र चुक्यो ।

पुर्वराजदुतको हत्या

भदौ ४ गत बिहान पूर्वराजदूत केशव झा बबरमहलस्थित निवासमा घरभित्र मृत अवस्थामा फेला परे । झाको छुरा प्रहार गरी हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेपनि हत्या कसले किन गर्यो ? भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।

निर्मला हत्या

साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ खोल्टी १३ वर्षिय निर्मला पन्तको बलात्कारपछि हत्यो भयो । सो घटनामा अनुसन्धानमा चुकेको भन्दै ९ जना प्रहरीमाथी मुद्धा चलायो, भने इतिहासमै नभएको एसपीका बाबुछोराको सँगै डिएन परिक्षण समेत गरियो । यो घटनाले पनि वर्षैभरी चर्चा कमायो ।

अख्तियार आयुक्त घुस काण्ड

सधै अरुको स्टिङ्ग अप्रेसन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक आफै स्टिङ्ग अप्रेशनमा परे । ७५ को अन्त्यतिर तत्कालीन आयुक्त पाठक ७८ लाख घुस काण्डमा मुछिए । पाठकले मुद्धा मिलाईदिने भन्दै नेपाल इन्जिनियरिङ्ग कलेजका संचालकबाट लम्बरध्वज न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको कुरा बाहिर आयो । त्यसपछि पाठकले राजिनामा दिए, अख्तियार आफैले पाठकको अनुसन्धान गरी भष्टाचारमा मुद्धा चलायो । त्यो घटनाले पनि निकै चर्चा पायो ।

सीके इन्, विप्लव आउट

गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग ११ बुँदे सहमति गर्यो । स्वतन्त्र मधेसको मागसहित देश नै टुक्राउने अभियानमा लागेका राउतसँग भएको सो सहमतिसँगै उनको समूह मूलधारमा आएको घोषणा गरियो । राउतसँगको सहमति भएको चार दिनपछि सरकारले फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगायो । यी दुवै निर्णयको प्रतिपक्षी र सत्तापक्षबाटै पनि चर्को आलोचना भयो । सरकारको यो कदमले पनि निकै चर्चा पायो ।

ललिता निवास जग्गा प्रकरण

त्यसैगरी सालको अन्त्यमा ललिता निवास जग्गा प्रकरणले पनि निकै चर्चा पाएको छ । नेकपा प्रभावशाली नेता विष्णु पौडेलदेखि भाटभटेनीका संचालक मीनबहादुर गुरुङ्गसमेत मुछिएका छन् । ७५ सालमा देशैभर भएका विभिन्न घटनाक्रमले सबैको ध्यान तान्यो । वर्षैभरी प्रहरी संस्था बदनाम भईरहयो । नयाँ वर्ष २०७६ मा यस्तो नहोस्, यही छ हाम्रो कामना ।