यस वर्ष ३ सय २३ मेगावाट विद्युत् उत्पादन लक्ष्य

नेपाल विद्युत प्राधिकरण, योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयअन्तर्गतको विद्युत् व्यापार विभागले सार्वजनिक गरेको विद्युत् खरिद सम्झौता विवरणअनुसार आर्थिक वर्ष २०७४/०७५ भित्र २२ ओटा विद्युत् आयोजना पूरा भई विद्युत् उत्पादन दिने भएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ भित्र झन्डै दुई दर्जन कम्पनीहरुले आफ्ना आयोजना सम्पन्न गर्नेगरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेका छन् । साना तथा ठूला क्षमताका गरी २२ आयोजनाले यस वर्ष विद्युत् उत्पादन गर्ने भएका हुन् ।

नेपाल विद्युत प्राधिकरण, योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयअन्तर्गतको विद्युत् व्यापार विभागले सार्वजनिक गरेको विद्युत् खरिद सम्झौता विवरणअनुसार आर्थिक वर्ष २०७४/०७५ भित्र २२ ओटा विद्युत् आयोजना पूरा भई विद्युत् उत्पादन दिने भएका छन् ।

धनकुटा र दोलखामा ४०–४० मेगावाटका दुईओटा क्रमशः लगुवा खोला लघु जलविद्युत् आयोजना र खानीखोला—१ जलविद्युत् आयोजना यसै वर्ष पूरा हुने चरणमा छन् । त्यस्तैगरी दोलखामै निर्माणाधीन खानीखोला जलविद्युत् आयोजना, नुवाकोटमा स्याउरी भूमे जलविद्युत् आयोजना पनि यसै आर्थिक वर्षको अन्त्यसम्म पूरा हुने गरी सम्झौता भएका छन् ।

आव २०७४/०७५ को अन्त्यसम्म पूरा हुने गरी नेपाल विद्युत प्राधिकरणसँग खरिद बिक्रि सम्झौता(पीपीए) गरेका आयोजनाहरु:

नेपाल विद्युत प्राधिकरणसँग खरिद विक्रि सम्झौता (पीपीए) भएका माथि उल्लेख गरिएका २२ ओटा आयोजनाहरु यसै आवको अन्त्यसम्म पुरा हुने गरी काम अगाडी बढेकोे जनाइएको छ । ती आयोजनबाट उत्पादन बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएर वितरण हुन थालेपछि अहिलेको माग पूरा हुने विश्वास गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट नौ सय ५६ मेगावाट विद्युत् उत्पादन भइरहको छ । देशलाई अहिले १२ सय ५० मेगावाट विद्युत् आवश्यक छ भने ३ सय मेगावाट जति माग पूरा हुन सकेको छैन । फलस्वरुप औद्योगिक क्षेत्रमा ३ घण्टा लोडसेडिङ भइरहेको छ ।

अहिले उत्पादन भइरहेको विद्युत् वितरणमा आएपछि लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । ‘ठूला र मझौला विद्युत् आयोजनाहरु यस वर्ष पूरा हुँदैछन्’ अधिकारीले भने, ‘सामान्यतया अहिले लोडसेडिङ छैन ।’

तीन सय २३ मेगावाट विद्युत् उत्पादन हुने यी २२ ओटा आयोजनाहरु ठूलो लगानीमा बन्दैछन् । सामान्यतया एक मेगावाट बिजुली उत्पादन गर्न २० करोड रुपैयाँ खर्च हुने विज्ञहरुको भनाइ छ । त्यसकारण यी आयोजना सम्पन्न हुँदासम्म ६४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।