नयाँ वर्षको अवसरमा एनटीसीले ल्यायो विभिन्न नयाँ अफर

एनटिसिको यो अफर प्याकेज अन्तर्गत सेवाग्राहीले दुई सय रुपयाँमा पाँच दिनसम्म तीन जीबी डाटा, दुई सय मिनेट भ्वाइस कल र दुई सय ओटा एसएमएस पठाउन पाउने छन् ।

काठमाडौं । नयाँ वर्ष २०७६ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष नयाँ अफर प्याकेज ल्याएको छ । एनटिसिको यो अफर प्याकेज अन्तर्गत सेवाग्राहीले दुई सय रुपयाँमा पाँच दिनसम्म तीन जीबी डाटा, दुई सय मिनेट भ्वाइस कल र दुई सय ओटा एसएमएस पठाउन पाउने छन् ।

प्याकेज खरिद गर्न प्रयोग कर्ताले स्टार १४१५ ह्यासट्याग डायल गर्नु पर्नेछ । नेपाल टेलिकमले विभिन्न अवसरहरुमा यस्ता अफरहरु ल्याउँदै आएको छ ।