एप्पलले अब अत्याधुनिक फेस आईडीसहित म्याक लञ्च गर्ने

कम्पनीले युरोपेली पेटेन्ट कार्यालयमा दर्ता गराएको पेटेन्ट अनुसार रेटिना स्क्यानिङ सहितको यो फेस आइडी थप अत्याधुनिक हुनेछ । पेटेन्टमा एप्पलले आफ्नो म्याजिक किबोर्डमा टच आइडीसहित टच बार ल्याउने खुलासा गरेको छ ।

एजेन्सी । एप्पल कम्पनीले फेस आइडीसहित म्याक लन्च गर्ने योजनामाथि नयाँ पेटेन्ट अधिकार दर्ता गराएको समाचार छ । कम्पनीले युरोपेली पेटेन्ट कार्यालयमा दर्ता गराएको पेटेन्ट अनुसार रेटिना स्क्यानिङ सहितको यो फेस आइडी थप अत्याधुनिक हुनेछ । पेटेन्टमा एप्पलले आफ्नो म्याजिक किबोर्डमा टच आइडीसहित टच बार ल्याउने खुलासा गरेको छ ।

यो नयाँ पेटेन्ट एप्लिकेसनले प्रयोगकर्ताको फेस आइडी पहिचान गर्नका लागि थ्रिडी म्यापको तुलनामा राम्रो काम गर्छ । यसले रेटिना स्क्यानिङ टेक्नोलोजीबाट फाइदा लिन्छ । यो प्रविधिको मद्दतले तपाई आफ्नो आइफोन वा आइप्याड प्रोलाई हेरेरै अनलक गर्नसक्नुहुन्छ । एप्पलले पहिलोपटक टच आइडिलाई फेस आइडिले २०१७ मा प्रतिस्थापन गरेको थियो । अहिलेका लेटेस्ट आइफोन र आइप्याड प्रोहरु सबैमा फेस आइडी रहेको हुन्छ जसले तपाईलाई फिंगरप्रिन्ट स्क्यानरको सट्टा हेरेरै फोनलाई अनलक गर्न मद्दत गर्छ ।

फेस आइडिले प्रयोगकर्ताको अनुहार स्क्यान गर्नलाई एड्भान्स थ्रिडी डेप्थ म्यापिङ प्रयोग गर्छ । यो प्रक्रिया टच आइडी भन्दा छिटो र सुरक्षित छ ।