सशस्त्रको एकबर्से प्रगति : राजस्व असुली दोब्बर, ५ सय ४८ कर्मचारीलाई कारबाही

भारतसँग सिमाना जोडिएका जिल्लाबाट भन्सार छली गरेर ल्याइएका सामान बरामद गरी राजस्वमा बुझाइएको गरेको सशस्त्र प्रहरीले जनाएको छ । सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले एकबर्से प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

काठमाडौं । देशको अर्धसैन्य बल सशस्त्र प्रहरीले एक वर्षमा ३३ करोड ७० लाख ७ सय ९६ रुपैयाँ राजस्व उठाएको छ । साउनयता उठाएको यो राजस्व रकम गतवर्षको तुलनामा दोब्बरभन्दा पनि बढी हो ।

सशस्त्र प्रहरी बलका अनुसार गएको ७४ सालमा १३ करोड बराबर राजस्व उठाएको थियो । सशस्त्रले देशभरका विभिन्न स्थानबाट अवैध भन्सार छलीका सामान बरामद गरेर सोबराबरको राजस्व असुली गरेको हो ।

भारतसँग सिमाना जोडिएका जिल्लाबाट भन्सार छली गरेर ल्याइएका सामान बरामद गरी राजस्वमा बुझाइएको गरेको सशस्त्र प्रहरीले जनाएको छ । सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले एकबर्से प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

विगतका वर्षको तुलनामा सशस्त्र प्रहरी बलले राजस्व वृद्धि गरेको महानिरीक्षक खनालले बताए । पत्रकार सम्मेलनमा खनालले भने, ‘विगतका वर्षको तुलनामा हामीले राजमार्गदेखि सिमानामा सुरक्षा तैनाथी बढाएका छौं, फलस्वरुप राजस्व बढेको छ । अन्य कार्यमा पनि सुधार आएको छ ।’

५४८ कर्मचारीलाई कारबाही
सशस्त्र प्रहरी बलले एक वर्षको अवधिमा सङ्गठनको नीतिविपरीत काम गर्ने ५४८ जना अधिकृत देखि जवानसम्म कारबाहीमा परेको जानकारी दिएको छ । साउनयता ५४८ जना कर्मचारीलाई गल्तीअनुसारको विभागीय कारबाही गरिएको खनालले बताए ।

‘सङ्गठनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको छ,’ उनले भने, ‘उपलब्ध स्रोतसाधनबाट नागरिकलाई प्रभावकारी सेवा विस्तार गर्ने अभियानमा छौं ।’