डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा ल्याएको छ । आयुर्वेदिक तङ्खवहरु (ल्वाङ, पुदिना, मरिच)को समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्ने कम्पनीको भनाइ छ । ‘डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रुपमा उपभोक्तालाई प्रदान गर्छ,’ डाबर नेपालका माकेर्टिङ हेड अभय गोर्खालीले भने, ‘ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रभावकारी रुपले प्रदान गर्ने प्रतिबद्धताका साथै डाबर रेड जेल नेपाली बजारमा लिएर आएका छौं ।’
यो उत्पादन हाल तीन साइजमा उपलब्ध छ । १ सय ५० ग्रामको प्याकलाई १ सय, ८० ग्रामलाई ६० तथा २५ ग्रामलाई २४ रुपैयाँमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ । डाबर रेड जेलले उपभोक्ताहरुलाई ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रदान गर्छ । दैनिक रुपमा प्रयोग हुने सामग्रीहरु बजारमा ल्याएर डाबर नेपाल हरेक नेपाली उपभोक्ताका लागि विश्वसनीयताको प्रतीक बनेको कम्पनीको भनाइ छ ।