यस्ताे छ हुवावे पी ३० प्रो

यसमा आठ मेगापिक्सेलको जुम लेन्स छ जसको आकार चक्रभुज प्रकारको छ । किनभने यसको डिजाइन पेरिस्कोप रहेको छ । यसको क्यामेराले ५× अप्टिकल जुम, प्लस १०× हाइब्रिड जुम सपोर्ट गर्छ । प्रयोगकर्ताले क्यामेरालाई ५०× सम्म जुम गर्न सक्छन् ।

एजेन्सी । केही वर्षयता हुवावेले एकदमै राम्रा स्मार्टफोन बजारमा ल्याइरहेको छ । उसले भर्खरै ल्याएको पी ३० प्रो सामसुङ र एप्पल जस्तै राम्रो प्रयास रहेको छ । हुवावेको पी सिरिज, क्यामेरा पर्फमेन्सका लागि चर्चित छ । यो वर्ष हुवावले आफ्नो पी ३० प्रोको अहिलेसम्मकै स्मार्टफोनमा राम्रो क्यामेरा रहेको सुनिश्चित गरिसकेको छ । यसमा भएको क्यामेराले फोटोमा पर्याप्ट प्रकाश र ठिक रङ दिन्छ ।

यसमा आठ मेगापिक्सेलको जुम लेन्स छ जसको आकार चक्रभुज प्रकारको छ । किनभने यसको डिजाइन पेरिस्कोप रहेको छ । यसको क्यामेराले ५× अप्टिकल जुम, प्लस १०× हाइब्रिड जुम सपोर्ट गर्छ । प्रयोगकर्ताले क्यामेरालाई ५०× सम्म जुम गर्न सक्छन् ।

हुवावेको यो फोनमा चारवटा रियर क्यामेरा रहेका छन् । तर पी ३० प्रो उत्कृष्ट क्यामेरा फोनमा मात्र सीमित छैन । फिंगर स्क्यानरसहितको इन डिस्प्ले रहेको यो प्रिमियम डिभाइसमा ओलेड डिस्प्ले रहेको छ । यसमा किरिन ९८० चिपसेट, रिभर्स वायरलेस चार्जर र ठूलो ४२ सय एमएएच ब्याट्री, फास्ट चार्जिङ र वायरलेस चार्जिङ क्षमता छ ।
यसमा ६.४७ इन्च ओलेड कर्भड डिस्प्ले २३४०८१०८०, १.६ अपर्चरसहित ४० मेगापिक्सेलको मेन सेन्सर, २.२ एपर्चरमा २० मेगापिक्सेल १६ एमएम अल्ट्रा वाइड लेन्स, ३.४ अपर्चरमा ८ मेगापिक्सेल ५ पेरिस्कोप लेन्स, डेप्थ ड्योल एलइडी फ्लास फ्लाइट सेन्सर टाइम, ३२ मेगापिक्सेलको फन्स फेसिङ क्यामेरा, किरिन ९८० प्रोसेसर, ८ जीबी र्याम, दुई सय ५६ जीबी स्टोरेज, नानो मेमोरी कार्ड स्लट, आइपी ६८ सर्टिफाइड, रिभर्स वायरलेस चार्जिङलाई सपोर्ट गर्ने, क्यू आई वायरलेस चार्जिङ, ४२ सय एमएएच ब्याट्रीमा ४० वाट सुपरचार्ज, ईएमयूआई ९.१, एन्ड्रोएड ९.० मा आधारित ।

हेर्दा यो मोडल पी २० प्रो र मेट २० प्रोको क्रस जस्तो देखिन्छ । यसमा मेट २० प्रोको कभ्र्ड एज र मेमटल ब्यान्ड रहेको छ । स्मार्टफोनहरुको भीडमा यसको डिजाइन फरक देखिन्छ । ६.४७ इन्चको डिस्प्ले भए पनि यो फोन तपार्इंको हातमा त्यति ठूलो देखिँदैन । तर यो गह्रौं अवश्य छ । यसको नोच सानो छ र यसमा सिङ्गल सेल्फी क्यामेरा छ । यसको बेजल्स पातलो छ, मेट २० प्रोको जस्तै यसको पनि स्क्रिनको तलपट्टि फिंगरप्रिन्ट स्क्यानर छ । यो फोनमा अरुमा जस्तो इयरपिस छैन र यसमा कल साउन्ड स्क्रिनबाट ट्रान्समिट हुन्छ ।

फोनको अगाडि र पछाडी नै किफायती सिसाको प्रयोग भएको छ । पानी र धूलो प्रतिरोधीमा यो आईपी ६८ रेटेड छ । यसको मतलब यो फोनलाई दुई मिटर पानीमा ३० मिनेटसम्म डुबाएर राख्दा पनि यसमा पानी पस्दैन ।

तर पी ३० प्रोमा क्यूएचडी रिजोलुसनको सट्टा पुरानै एफएचडी प्लस प्यानल प्रयोग भएको छ । ग्यालेक्सी एस १० को कभ्र्ड एमोलेड वाइड क्वायड एचडी प्लस प्यानलसँग यसको तुलना गर्न नमिले पनि यसको डिस्प्ले निकै राम्रो छ । यसमा युट्युब भिडियो हेर्न, इबुकहरु पढ्न र खेल खेल्न निकै रमाइलो महसुस हुन्छ ।

यसको ब्याट्री पक्ष निकै राम्रो छ । ४२ सय एमएएच ब्याट्रीको सिंगल चार्जले पूरा दुई दिन काम गर्छ, जुन एकदमै अस्वाभाविक लाग्छ सुन्नमा । एकपटक फुल चार्ज हुन एक घण्टाको समय लाग्छ ।